बैशाख २, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । 

सामुदायिक सेवा केन्द्र महारा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । 

सामुदायिक सेवा केन्द्र महारा"/>

५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व: नेता सिंह

२ बैशाख २०७४, शनिबार १३:०५

बैशाख २, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन गराउनु सबै दलको उत्तिकै दायित्व भएको बताउनुभएको छ । 

सामुदायिक सेवा केन्द्र महाराजगन्जले नयाँ वर्ष २०७४ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले मुलुक सबैको भएकाले निर्वाचन गराउने जिम्मा पनि सबै दलको उत्तिकै भएको बताउनुभयो । 

“संविधानको प्रभावकारी कार्यान्वयन र निर्वाचन गराउन दलहरुबीचको एकता आवश्यक छ,” उहाँले भन्नुभयो– “दलहरुले आपसी मतभेद छाडेर अहिलेसम्मका उपलब्धि जोगाउनतर्फ लाग्नुपर्छ ।” निर्वाचनका लागि खुट्टा नकमाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो । नेता सिंहले संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसकै काँधमा रहेकाले यसका लागि नेतृत्व जिम्मेवार बन्नुपर्ने बताउनुभयो । 

सो कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न दत्तचित्त भएर लागेको बताउनुभयो । निर्वाचनका लागि आवश्यक सुरक्षा दिन नेपाल प्रहरी सक्षम रहेको उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने