कांग्रेस सभापति शेरबहादुर देउवा प्र"/>
कांग्रेस सभापति शेरबहादुर देउवा प्र"/>
जेठ २४, काठमाडौं । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकाले प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा हुने देउवाको सपथग्रहण कार्यक्रममा सहभागी भई देउवालाई प्रधानमन्त्रीको कुर्सि हस्तान्तरण गरेर प्रचण्ड उतैबाट लाजिम्पाटस्थित निजी निवासमा जाने बताइएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाको सपथग्रहण कार्यक्रम आज दिउँसो पौने २ बजे शितल निवासमा आयोजना गरिएको छ । प्रचण्ड गत वर्ष साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।