2026-07-11 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय समिति बैठकका १५ एजेण्डा, हेर्नुहोस् !

2021-12-11

मंसिर २५, काठमाडौं | नेकपा (एमाले)को केन्द्रीय समितिको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ। एमालेको दसौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय समिति बैठक आज दिउँसो करिब १ : २० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए। बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ ग्रहण गराइएको उनले बताए।

आजदेखि सुरु भएको बैठकमा १५ एजेण्डामाथि छलफल हुने बताइएको छ। कार्यसूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको जनाइएको छ। आज र आइतबारका लागि तय गरिएको बैठकमा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढीकरण अभियान पनि बैठकका एजेण्डामा रहेका छन्। बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकले केन्द्रीय समितिमा लैजाने एजेण्डाका बारेमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या