By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु
काठमाडौँ - KTMकालिकोट - KLKसमाज

नेपाल कम्युनिस्ट पार्टीको पहलमा मनसराको उपचार शुरु

साझासवाल
Last updated: June 7, 2017 4:38 am
साझासवाल
4 Min Read
Share


जेठ २४, काठमाडौं । गत आइतबार आँखा विस्फोट भई सिकिस्त बिरामी परेकी रोस्कोट नगरपालिका–७, कालिकोटकी चार बर्षीया बालिका मनसरा लुहारको उपचार कान्ति बाल अस्पतालमा शुरु भएको छ । 

स्थानीय स्तरमा उपचार असम्भव भएपछि थप उपचार गर्न नेपाल कम्युनिस्ट पार्टी र सामाजिक अगुवा, युवा पंक्तिको सहयोगमा पैदल र गाडीको दुई दिनको लामो यात्रापश्चात बाबु रने लुहार र अगुवा कालीबहादुर महतराले छोरीलाई मंगलबार अपरान्ह काठमाडौं ल्याइप्युर्याएका हुन् । 

महाराजगन्जस्थित बीपी आँखा अस्पतालमा आँखाको परिक्षणलगत्तै उपचारका लागि मनसरालाई कान्ति बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । भर्नाअगाडि छोटो समय लिएर पत्रकार सम्मेलन गरेर बिरामीको आर्थिक अवस्थाबारे बाबुले जानकारी दिएका छन् । 

चरम आर्थिक अभावबाट गु्रजिरहेका रने परिवारले छोरी बचाउन सबैसँग सहयोग गर्न अपिल गरेको छ । दुई महिनापहिले घरनजिकै नहरमा खसेर सामान्य चोट लागेका मनसराको दाहिने आँखा आर्थिक संकटकै कारण थप उपचार गर्न नसकिरहेको बाबु रने लुहारले पत्रकार सम्मेलनमा जानकारी दिए । अभावकै कारण छोरीको स्वास्थ्यले जटिल रुप लिएको उनले बताए ।

चोट लागेको करिब दुई महिनापछि आइतबार घाइते आँखा एक्कासी विस्फोट भई बाहिर निक्लियो । 

त्यसबाट स्वास्थ्यवास्था गम्भीर बनेपछि स्थानीयको सहयोगमा मनसरालाई सदरमुकाम मान्मा पु¥याइयो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल कम्युनिस्ट पार्टीका नेता एवं स्थानीय भरत बम ‘रणवीर’सहितको टोलीले बिरामीलाई काठमाडौं ल्याइपु¥याइएको हो । 

मनसराको उपचारप्रति राज्य उदासिन हुन नमिल्ने बताउँदै उपचारका लागि सहयोग गर्न देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुसँग नेता रणवीरले अपिल गरे । नेपालीहरुकै सहयोगबाट मनसराको उपचार सफल बनाउनुपर्नेमा उनले जोड दिए । ‘हामी नेपालीको सहयोगलाई प्राथमिकता दिन्छौं । लुहारजस्ता चरम गरिबीको चंगुलमा पारिएकाहरुको उद्धार गर्न नेपाल कम्युनिस्ट पार्टी सदैव साथमा छ’  उनले भने । त्यसनिम्ति मनसरा संरक्षण कोष स्थापना गरिएको छ । संकलित रकम कोषमार्फत बिरामीको उपचारमा खर्च गर्ने र मनसरा जस्तै वर्गको उपचारमा निरन्तर लगाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाबु रनेले भावकु हुँदै भने ‘मेरो छोरीलाई बचाउनु छ, तपाईहरुले सहयोग गर्नुस् ।’ स्थानीय अगुवा महतराले मनसराको परिवार चरम गरिबीको चपेटामा गुज्रिएको र छोरीलाई बचाउन सबैको सहयोग खाँचो रहेको बताए । सुर्खेतबाट काठमाडौं आउन वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी खर्च जुटाएर काठमाडौं ल्याइपुर्याउन सकिएको महतराले बताए ।

सहयोग जम्मा गर्न मनसराकी बाबु र महतराको नाममा सानिमा बैंकका संयुक्त खाता खोलेको छ । सहयोग गर्न इच्छुक महानुभावलाई उक्त बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने जानकारी पनि महतराले दिए । खाता नम्बर ०४४००००००१० रहेको छ । आवश्यक सम्पर्कको लागि महतराको मोवाइल नम्बर ९८४८३०७१७३ दिइएको छ ।

बिरामीको उपचार चिकित्सक प्रकाशनिधी तिवारीको टोलीले गरिरहेको चिकित्सक प्रकाश न्यौपानेले जानकारी दिए । आँखाको भित्री भागसहित ठूलो साइजमा ट्युमर बाहिर निक्लिएको छ । (हेर्नुस् तस्बिर) । मनसराको केश विश्वमै दुर्लभ भएको चिकित्सकको भनाई छ । मेडिकल भाषामा मनसरामा देखिएको केश ब्लास्ट अर्थात विस्फोट भएको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष डम्बर रावलले बताए । ‘क्यान्सर भइसकेको अवस्थामा ब्लास्ट हुन्छ’ अध्यक्ष रावलले भने ।

पत्रकार सम्मेलनमा धादिङ स्वास्थ्यमा समाजका डा. राम थापा क्षेत्रीले बालिकाको उपचारका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताए । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य लोकेश जोशीले मनसराको जीवन बचाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

५० वर्षीय लुहारका तीन छोरी र तीन छोरा छन् । मनसरा कान्छी सन्तान हुन् । श्रीमती धनञ्जना लुहार गाउँमै मजदुरी गर्छिन् । अभावकै कारण मनसरालाई विद्यालय पठाउन सकेका छैनन् । बिरामीको उपचार निकै जोखिम र लाखौं रुपैयाँ खर्च लाग्ने किसिमको रहेको चिकित्सकको भनाई छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article संसदमा तीन शिर्ष नेताबीच चल्यो जुहारी
Next Article प्रचण्डले आज सरकारी निवास बालुवाटार छाड्दै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

स्थानीय निर्वाचनमा जनप्रतिनिधिले के गर्न हुँदैन ?

57 years ago

अनियमित लोडसेडिङ्ग बिरुद्ध युवा नेताहरुद्वारा प्राधिकरण अगाडि प्रर्दशन

57 years ago
कन्चनपुर - KNCसमाज

तीन महिनाभित्रै भीमदत्त नगर फोहर मुक्त हुन्छ: सरसफाई अभियन्ता मानव

57 years ago

तीन दिनदेखि धौलागिरिमा विद्युत् सेवा अवरुद्ध

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?