भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ । 
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जापानी आकाशमाथिको मिसाइल परीक्षण सुरुवात मात्र हो’ – किम जोन

२०७४, १४ भाद्र बुधबार ११:३६

भदौ १४, एजेन्सी | उत्तर कोरियाले जापानी आकाशमाथि मंगलबार बिहान प्रहार गरेको मिसाइललार्इ 'सुरुवात मात्र हो' भन्दै थप आतंक सृजना गर्नसक्ने संकेत दिएको छ । 

मंगलर बिहानको मिसार्इल परीक्षणको विश्वभर कडा आलोचना भर्इरहेका बेला उत्तरले भने यसलार्इ थप परीक्षणका लागि सुरुवात मात्र भएको बताएको छ । प्रशान्त क्षेत्रमा सैन्य अभ्यासको सुरुवात भन्दै उत्तरले थप परीक्षण गर्ने चेतावनी दिएपछी उत्तरकोरिया थप कठोर रुपमा उत्रन सक्ने संकेत देखिएको अधिकारीहरुको विश्लेषण छ ।

उत्तर कोरियाले परिक्षण गरेको मिसाइल जापानी आकाश हुँदै जापानको उत्तरी होक्काइदो आर्इस्ल्याण्डमा खसेको थियो । मिसाइल जापानको आकास माथि आउनासाथ जापानमा साइरन बजेको थियो भने तत्काल जापानका प्रधानमन्त्रीले आफ्ना देशका नागरिकलार्इ सुरक्षित रहन आग्रह गरेका थिए ।

त्यस्तै मंगलबार अमेरिका र जापानले संयुक्त राष्ट्रसंघसँग यथासिघ्र बैठक बोलाउन अपिल गरेका थिए । त्यस्तै संघको सुरक्षापरिषद्को आपतकालीन बैठकले मिसार्इल परीक्षणको कडा शब्दमा भर्त्सना गरेको थियो । त्यस्तै अर्को शक्ति राष्ट्र रसियाले समेत उत्तर कोरियाको बिरोध गरेको थियो । 

अमेरिका र दक्षिण कोरियाका सेनाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा मिसार्इल परीक्षण गरिएको उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले उल्लेख गरेको छ । केसिएनएको समाचार अनुसार कोरियाली नेता किम जोनले थप मिसार्इल आक्रमण गर्न निर्देशन दिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी