२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण कामदार फर्केपछि हुवासिन सिमेन्ट उद्योग ठप्प

२०७७, ३० भाद्र मंगलवार ०५:४४

भदौ ३०, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण कामदार अभाव भएपछि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योगको निर्माण प्रभावित भएको छ । धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि पछिल्लो दुई महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशङ्का पैदा भएको छ । कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि करिब दुई महिनादेखि निर्माण कार्य ठप्प भएको हो ।

 बढ्दो कोरोना सङ्क्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो । सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल एक हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् । दुई महिना अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ । व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।  

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन । कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । उहाँले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।

उहाँले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताउनुभयो । उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व सङ्कलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गर्नुभएको छ ।

सिमेन्ट उत्पादन तथा सिमेन्टसम्बन्धी प्रविधि विस्तारमा हुवासिन विश्वमै अग्रणी स्थानमा रहेको छ । हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुङ्गा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा रु १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो