भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नाराय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नाराय"/>

2026-08-29 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुरमा वैज्ञानिक भूमि व्यवस्थापन गरिने

भदौ१४, चितवन। सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । 

नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो । 

प्रमुख दाहालले जग्गाको तत्काल वर्गीकरण गरी उचित व्यवस्थापन गर्न महानगर तयार रहेको भन्दै अहिले भइरहेको अस्तव्यस्त जग्गा खण्डीकरण भने रोकिने बताउनुभयो । यस कार्यमा महानगरलाई सहयोग गर्न समेत उहाँले जग्गा व्यवसायीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा उपप्रमुख पार्वती शाहले सुन्दर महानगर निर्माणका लागि जग्गा तथा आवास व्यवसायीले कानूनको अधिनमा रही सहयोग पु¥याउन आग्रह गर्नुभयो । 

हालै मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट तथा बिक्री वितरणमा रोक लगाइएको र सोसम्बन्धी अदालतमा पुगी जग्गा खरिद बिक्री वितरणमा रोक नलगाउन निर्देशन गरिसकेकामा सम्बन्धित निकायले काम कारबाही नगरेकामा व्यवसायीले विरोध जनाएका थिए । पछिल्लो समयमा खेतीयोग्य जमिनमा समेत खण्डीकरण गर्ने क्रम बढेसँगै भूमि व्यवस्थापनको चिन्ता सर्वत्र हुन थालेको छ । 

कार्यक्रममा संघका कार्यबाहक अध्यक्ष केशवकुमार कार्कीले व्यवसाय धरासायी हुने गरी सरकारले जनताको नैसर्गिक अधिकार रोक्न नहुने बताउँदै व्यवस्थित खण्डीकरणका पक्षमा व्यवसायी रहेको बताउनुभयो । रासस  (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने