३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सनराइज बैंकको नाफा २० करोड ३७ लाख रुपैयाँमा खुम्चियो

१८ कार्तिक २०७४, शनिबार १२:१८

कात्तिक १८, काठमाडौं । सनराइज बैंकको नाफा पनि घटेको छ। बैंकको नाफा २५ करोड ३१ लाख रुपैयाँबाट २० करोड ३७ लाख रुपैयाँमा खुम्चिएको हो। 

बैंकको खुद् ब्याज आम्दानीमा पनि सामान्य गिरावट आएको छ। गत बर्ष ५१ करोड ५६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यसपाली ५१ करोड ३८ लाख रुपैयाँ मात्र गरेको छ। 

बैंकले एक बर्षको अवधिमा निक्षेप ५४ अर्बबाट ६३ अर्ब ६१ करोड पुर्याएको छ। ऋण लगानी पनि ४६ अर्ब ४५ करोडबाट ५४ अर्ब ४९ करोड रुपैयाँ पुर्याएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ।

बैंकको पूँजी कोष अनुपात सवा १४ प्रतिशत छ भने खराव कर्जा अनुपात डेढ प्रतिशत छ। बैंकको आधार ब्याज दर ६.७९ प्रतिशतबाट बढेर १०.८२ प्रतिशत पुगेको छ। जबकी कर्जा र निक्षेपको ब्याज अन्तर स्प्रेड दर ४.६९ प्रतिशतबाट घटेर ४.२४ प्रतिशतमा आएको छ।

बैंकको प्रति शेयर आम्दानी १० रुपैयाँ छ। बैंकको जगेडा कोषमा एक अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति