2026-07-03 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

को-को परे गोरखाबाट समानुपातिकमा ? (नामावलीसहित)

2017-11-04

कत्तिक १८, गोरखा । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । 

निर्वाचन आयोगले शुक्रबार साँझ समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो । प्रमुख दलहरुले आयोगमा बुझाएको बन्दसूचीमा नायिकादेखि नेताका नातागोता र केही विवादमा तानिएका व्यक्तिसमेत परेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलहरूमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दले उम्मदेवारी दिएका छन् । त्यसैगरी प्रदेशसभा सदस्य समेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।

प्रतिनिधिसभातर्फ ११० जना सांसदहरु समानुपातिक आधारमा छानिने छन् भने प्रदेशसभातर्फ २२० समानुपातिक सांसद हुनेछन् । प्रमुख दलहरुले सबै सिटका लागि नामावली बुझाएका छन् भने साना पार्टीले थोरै सिटमा नामावली बुझाएका छन् ।

 निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूची  अनुसार प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसबाट जिबन प्रेम श्रेष्ठकाे नाम बन्द सुची रहेकाे छ । कांग्रेसकै प्रदेश सभाकाे बन्द सुचीमा भने मनकुमारी गुरूङ र जिल्ला सभापति हरी बहादुर घलेकाे नाम रहेकाे छ ।

 माओवादी केन्द्रबाट समानुपातिकको सूचीमा हितराज पाण्डे, सुशिला सिम्खडा र चुडामणी खड्का रहेका छन् । भगवति तिवारी भट्ट र निमा लामालार्इ प्रदेश सभाका लागि सुचीमा नाम समाबेश भएकाे छ ।

नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि दिनेशचन्द्र देवकोटाको नाम बन्द सुचीमा रहेकाे छ । प्रदेश सभाका लागि मायानाथ अधिकारी र कृष्ण बहादुर नेपाली रहेका छन् । राप्रपकाका माेहन कुमार श्रेष्ठकाे नाम प्रदेश सभाको सुचिमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक