2026-11-01 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा जडिबुटी प्रसोधन केन्द्र स्थापना

कात्तिक १८, कालिकोट | तिलागुफा नगरपालिकाको छाप्रे गाउँको बालीमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिएको छ । कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रा.लि.ले उद्योग स्थापना गरेको हो । कर्णालीको बहुमूल्य जडिबुटी सस्तोमा निकासी गरेर प्रोसेसिङ पछि अत्याधिक महङ्गोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्न उद्योग सञ्चालनमा ल्याईएको हो । उद्योग स्थापनाका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योग सञ्चालकहरुले बनाएका छन् । 

खेर गइरहेका जडिबुटी र वनस्पति संकलन गरेर बजारीकण गर्न उद्योग स्थापना गरिएको त्यसले यहाँको उत्पादनमा बृद्धि हुने उद्योग सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘स्थानीय स्तरमा उत्पादन हुने जडिबुटीलाई प्रसोधन गरेर बजारीकरण गर्नका लागि उद्योग सञ्चालन गरेका हौं’ उनले भने, ‘अहिले हामी कच्चा साम्रगी जम्मा गर्ने र उद्योगलाई व्यवस्थित गर्ने तयारीमा छौं ।’ जिल्लाको छाप्रे, पाखा, ओदानकु, चिल्खाया, जुविथा, फोइमहादेव, राँचुली र जुम्लाको सिंजा भेकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उद्योगमा हाल वन कचुर, जटामसी (भुल्ते), सुगन्धवाल (समायो), पिर्रे, धुपी, टिमुर, सुनपाती, तीतेपाती प्रशोधन गरेर तेल निकाल्ने गरिएको उद्योग संचालक प्रेमबहादुर शाहीले बताए ।

‘जडिबुटी संकलन गर्ने गरेको र जटामसी ५० हजार रुपैयाँ क्वीन्टलमा गाउँमै खरिद गर्ने गरिएको छ’ उनले भने, ‘हामीले अहिले धेरै लाभ लिन सकेका छैनौ ।’ उद्योग सञ्चालक शाहीका अनुसार प्रशोधित तेलको मूल्य पनि उच्च छ । टिमुरको तेल प्रतिलिटर ३० देखि ३५ हजार, सुगन्धवाल ४० देखि ४५ हजार, वन कचुर ५ हजार रुपैयाँ प्रतिलिटरमा बिक्री हुने गरेको छ । जडिबुटीको तेल औषधिका लागि प्रयोग हुने गरेको छ ।

वनपाखा, खोल्साखोल्सीमा पाइने तीतेपाती, वन कचुर, पिर्रे घास, धुपी, भुल्ते (जटामसी) संकलन गरेर गाउँकै उद्योगमा बेचेर राम्रो आम्दानी लिन सक्ने स्थानीयबासी तथा एमाओवादीका जिल्ला अध्यक्ष दुर्गबहादुर रावतले बताए । ‘उद्योग स्थापानाले वनपाखामा खेर गरेको जडिबुटी संकलन गरेर राम्रो आम्दानी लिन सक्छन्’ उनले भने, ‘उद्योग स्थापना भएपछि स्थानीय केही आशाबादी भएका छन् ।’

कर्णाली हर्बल प्रोसेसिङ एन्ड रिसर्च सेन्टर प्रालिले १९ लाख लगानीमा स्थापना गरेको प्रसोधन उद्योगमा लगानी नुहदाँ घर समेत बनाउन सकेको छैन् । भवन नै नभएर चौरमा उद्योगको स्थापना गरिएको छ ।

भवनको अभाव भएका कारणले पानी परेको बेला बर्षा भएको बेला केही काम गर्न गाह्रो हुने गरेको सञ्चालक प्रेमबहादुर शाहीले बताए । ‘भवन अभाव छ । त्यसका लागि १० लाखको लगानीमा भवन बनाउने योजना उद्योगको छ’ उनले भने, ‘अहिले लगानी जुटाउन गाह्रो भएको छ ।’ कर्णालीलाई जडिबुटीको खानी नै मानिने गरेको छ । जडिबुटीको खानी मानिने कर्णालीमा यसको सहि उपयोग नुहुँदा त्यत्तिकै खेर जाने गरेको छ । घुच्ची च्याउ, रातो च्याउ, पाँचऔले, यार्सागुम्बा, कुटकी, लकडधुप, अत्तिसी, पदमचाल, जटामसी, सुगन्धवाल, टिमुर, पाखनवेद, सेतक चिनी (खिरौला), सिलाजित, कालो मुस्ली, विस्फेज, सुनगभा, गाम्डोल, बनालु, वनमुला, वन लसुन, झ्याउ, पाखन बोक्रा (काउलो), दाल चिनी, डाले चुक, लोक्ता, धुपी, तीतेपाती, पिर्रे, सतुवा, ढटेलोलगायतका १ हजार भन्दा बढी जडिबुटी कर्णालीमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय