२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबलाई लक्षित गरी प्रहार क्षेप्यास्त्र साउदी अरबद्वारा बीचमै नष्ट

४ पुष २०७४, मंगलवार १५:५१

पुस ४, साउदी अरब  (रासस/एएफ्पी/एपी) | यमनी सिया विद्रोहीसँग लड्दै आएको साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार आकासमै नष्ट गरिदिएको जनाएको छ । 

यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो । 

साउदी अरबको राज्य सञ्चालित टेलिभिजनले गठवन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्र्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्पोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । 


साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलन अनुसार सार्वजनिक गर्ने तयारी भइरहेका समय साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफ्पी) संवाददाताले ग्रीनविच समय अनुसार विहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकासमा विष्फोट भएको सुनेको बताए । 

यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मङ्गलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गर्नुभएको छ । अब्दुल्लाह सलामले ट्वीट गर्दै ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको बताउनुभयो । 

उहाँले यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको बताउनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै