पुस ११, काठमाडौं । काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् ।
कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजीलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी नायव निरीक्षक रामबहादुर बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार घाइतेमध्ये ८ जनालाई नर्भिक अस्पताल र ९ जनालाई राष्ट्रिय ट्रमा सेन्टर भर्ना गरिएको छ । घाइतेमध्ये ३ जना गम्भीर छन् ।
तीब्र गतिमा रहेको बस चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
चालक भने फरार छन् । उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ । बाटो फराकिलो पारे पनि बिजुलीका पोल भने नसारिँदा काठमाडौँका अधिकांश ठाउँमा जोखिम बढाएको छ ।