२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव अधिकार उल्लंघनका घटनालाई संक्रमणकालीन न्यायमार्फत सम्बोधन गर्नुपर्नेमा जोड

२०७४, ९ माघ मंगलवार १२:१४

माघ ९, काठमाडौँ | द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनालाई विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियामार्फत सम्बोधन गर्नुपर्नेमा नेपालस्थित कूटनीतिक समुदाय र मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । 

दोस्रो विश्व युद्धका बेला मारिएका दशौँ लाख यहुदीको सम्झनामा होलोकोष्ट स्मृतिका सन्दर्भमा यहाँस्थित संयुक्त राष्ट्र«संघ, युरोपेली संघ, जर्मनी तथा इजरायलद्घारा संयुक्तरुपमा काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले होलोकोष्ट स्मृति दिवसले विगतका आमसंहारलाई पुनर्ताजगी गरेको बताउनुभयो । 

नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफरले इतिहासमा भएको दुःखद् घटना जर्मनीका लागि लज्जास्पद भएको उल्लेख गर्नुभयो । 

क्याम्बोडिया, रुवाण्डा, बोस्नीया, डार्फरसहित जर्मनीमा भएका त्यसबेलाका आमसंहारमा मारिएकाको सम्झनामा सन् २००५ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष जनवरी २७ लाई होलोकोष्ट स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण