भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिए"/>
2026-08-31 12:58 AM
चितवन - CTW

भरतपुर अस्पतालमा आइसियु कक्ष विस्तार

भदौ ३०, चितवन । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष (आइसियु) र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिएको छ । 

अस्पतालको ए ब्लक पूरा भएपछि अस्पतालको आइसियु तथा शल्यक्रिया कक्षको क्षमता विस्तार गरी पोस्टअपरेटिभ वार्डसमेत स्थापना गरिएको हो । 

यसअघि नौ श्य्या क्षमताको मात्रै आइसियु सेवा अस्पतालले प्रदान गर्दै आएकामा आजदेखि २८ श्यया रहन सक्ने गरी क्षमता विस्तार गरिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिनुभयो । 

दश श्यया सञ्चालनमा आएको र बाँकीको सञ्चालनको प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा आइसियुको श्यया कम हुँदा बिरामी अन्य निजी अस्पतालमा महँगो शुल्क लिर्न बाध्य भएका थिए । 

“सरकारी अस्पतालमा नै यतिको ठूलो आइसियु सञ्चालनमा आएपछि गरिब, विपन्न र असहायले लाभ उठाउन सक्नेछन्,” अस्पताल विकास समितिका अध्यक्ष सुवेदीले भन्नुभयो, “अन्य पैसा तिर्न सक्नेले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन् ।” 

विसं २०६६ मा अस्पतालमा सात श्ययाबाट आइसियु सेवा सुरू गरिएको थियो । अस्पतालका चिकित्सक डा विजय पौडेल सरकारी अस्पतालमध्ये भरतपुर अस्पतालको आइसियु सेवा उत्कृष्ट भएको दाबी गर्नुभयो । 

अस्पतालको छ स्थानबाट एकैपटक शल्यक्रिया सेवा गर्न सक्ने गरी क्षमता विस्तार समेत भएको छ । हालै मात्र श्यया थपेर भरतपुर अस्पतालले २० श्य्या क्षमताको पोस्टअपेरटिभ वार्डसमेत स्थापना गरेको छ । सबै सुविधा उपलब्ध हुने गरी नयाँ सेटअपसहित सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना गरी सेवा दिन थालेको छ । उक्त अस्पतालमा अहिले झन्डै ६०० श्यया छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने