२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करण केसीको बिष्फोटक ब्याटिङले क्यानडा पराजित, नेपालले विश्वकप छनोट खेल्ने पक्का

२०७४, २ फाल्गुन बुधबार १५:४९

फागुन २, काठमाडौँ | नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल विश्वकप छनोटमा खेल्ने पक्का भएको छ ।

क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य बलर करन केसीको बिष्फोटक ब्याटिङले पुरा भएको हो । करन केसीले बिष्फोटक ब्याटिङ गर्दै ३१ बलमा ४२ रन बनाएका थिए । उनले असम्भव जस्तो खेललाई चार छक्का र तीन चौका हान्दै नेपाललाई विश्वकप छनोटका लागि पक्का स्थान बनाए-+९** । 

नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए। आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए।  यस्तै १२ बल खेलेका सोमपाल कामीले ‍७ रन बनाएर आउट भए।

चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए।

सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए। परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।

छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए।

खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे। करणले ४३.४ ओभरको खेलपछी चौका र छक्का बर्साए, जुन निकै रोमान्चित रह्यो । 

उनले ४३.४ ओभरको खेलमा चौका हाने । फेरी ४४.० ओभरमा छक्का हाने । फेरी ४६,० मा चौका हाने भने फेरी ४७.४ ओभरमा छक्का हाने । फेरी ४८.४ ओभरको खेलमा पनि छक्का हाने । फेरी ४८.५ ओभरमा चौका हाने र ४९.५ ओभरको खेलमा फेरी छक्का हानेर खेललाई जित नजिक पुर्याए । त्यतिबेलासम्म नेपालसँग जितका लागि थप २ रन आवश्यक थियो । लगत्तै नेपालले अन्तिम बलमा २ रन लिएर नेपाललाई रोमान्चित जित दिलायो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ