२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लाग्यो झट्का

२०७४, १७ फाल्गुन बिहीबार ११:००

फागुन १७, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गर्नुभएको छ । 

पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गर्नुभएको बताइएको छ । 


हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आउनुभएको छ । उहाँ राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुनुहुन्छ । 

गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताउनु भएको छ । 

हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गर्नुभएको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई घन्यवाद दिने कुनै शब्द नभएको बताउनु भएको छ । 

हिक्सले राजिनामा दिने घोषणा गर्नुभएको भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताउनु भएको छ । 

उहाँले उहाँले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताउनुभएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । 

सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ । 

सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उहाँले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी