२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति ट्रम्पलाई लाग्यो झट्का

१७ फाल्गुन २०७४, बिहीबार ११:००

फागुन १७, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गर्नुभएको छ । 

पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गर्नुभएको बताइएको छ । 


हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आउनुभएको छ । उहाँ राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुनुहुन्छ । 

गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताउनु भएको छ । 

हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गर्नुभएको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई घन्यवाद दिने कुनै शब्द नभएको बताउनु भएको छ । 

हिक्सले राजिनामा दिने घोषणा गर्नुभएको भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताउनु भएको छ । 

उहाँले उहाँले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताउनुभएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । 

सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ । 

सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उहाँले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान