२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल – १६ खेलमा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

२०७५, १ बैशाख शनिबार ०४:०९

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलका १६ खेलमा सनराइजर्स हैदरावाद सबैभन्दा बढी अंकले अग्र स्थानमा छ | सबै टिमले २/२ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा हैदरावाद र चेन्नईले २ खेलमा दुवै खेलमा सफलता पाएका छन् | जसको कारण समान पोइन्ट भएपनि रनरेटको आधारमा हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ | 

त्यस्तै हैदरावाद र चेन्नईपछी रन रेटको आधारमा क्रमश १/१ खेलमा जित्दै कोलकाता नाइट राइडर्स, किंग्स इलावेन पंजाव, रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सको समान २/२ अंक रहेको छ | खेलमा दुईमा दुवै खेलमा पराजित बनेका मुम्बई इन्डीएन्स र दिल्ली डेयरडेभल्स क्रमश सातौँ र आठौँ स्थानमा छन् | 


उत्कृष्ट ब्याट्सम्यानहरु:-  

आइपीएलमा अहिलेसम्म बेस्ट ब्याट्सम्यान अन्तर्गत अरेन्ज क्याप सनराइजर्स हैदरावादका शिखर धावनले पाएका छन् उनले सर्वाधिक १२३ रन ल्याएका छन् | उनलाई कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले १०३ रन ल्याई पछ्याईरहेका छन् भने तेश्रो स्थानमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले १०१ रन पाएका छन् | 

आइपीएलका १६ खेलमा अहिलेसम्म सर्वाधिक छक्का हान्नेमा कोलकात्ता नाइट राइडर्सका आन्द्रे रुसेलले १२ छक्का प्रहार गरेका छन् | उनले यस पटकको आइपिएलमा एकै खेलमा सर्वाधिक ८८ रन जोडेर सर्वाधिक हाइ-स्कोर बनाउनेमा पनि आफ्नो नाम लेखाएका छन् | त्यस्तै दोश्रोमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले ९ छक्का र तेश्रो स्थानमा चेन्नई सुपर किंग्सका द्वाने ब्राभोले ८ छक्का हानेका छन् |  


उत्कृष्ट बलरहरु:- 

आइपीएलमा बलर अन्तर्गत सर्वाधिक विकेट लिनेमा मायाँक मर्कंडेले तीन रेकर्ड राखेका छन् | मार्कंडेले २ खेलमा ७ विकेट, बेस्ट बलिङ फिगर र बेस्ट बलिङ एभरेजमा आफुलाई शिर्ष स्थानमा राखेका छन् | यस्तै बलिङ तर्फ बेस्ट इकोनोमी र बेस्ट डटबलको रेकर्ड रशिद खानले राखेका छन् | खेलमा रसिदले २७ डट्स बल खेलेका छन् |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना