८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइपिएल – १६ खेलमा कुन टिम कुन स्थानमा, सर्वाधिक उत्कृष्ट को-को ?

१ बैशाख २०७५, शनिबार ०४:०९

वैशाख १, काठमाडौँ | भारतको सर्वाधिक लोकप्रिय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आइपिएलका १६ खेलमा सनराइजर्स हैदरावाद सबैभन्दा बढी अंकले अग्र स्थानमा छ | सबै टिमले २/२ खेल खेल्दै आफ्नो स्कोर जम्मा गर्ने क्रममा हैदरावाद र चेन्नईले २ खेलमा दुवै खेलमा सफलता पाएका छन् | जसको कारण समान पोइन्ट भएपनि रनरेटको आधारमा हैदरावाद सबैभन्दा शिर्ष स्थानमा छ | 

त्यस्तै हैदरावाद र चेन्नईपछी रन रेटको आधारमा क्रमश १/१ खेलमा जित्दै कोलकाता नाइट राइडर्स, किंग्स इलावेन पंजाव, रोयल च्यालेन्जर्स ब्यांग्लोर र राजस्थान रोयल्सको समान २/२ अंक रहेको छ | खेलमा दुईमा दुवै खेलमा पराजित बनेका मुम्बई इन्डीएन्स र दिल्ली डेयरडेभल्स क्रमश सातौँ र आठौँ स्थानमा छन् | 


उत्कृष्ट ब्याट्सम्यानहरु:-  

आइपीएलमा अहिलेसम्म बेस्ट ब्याट्सम्यान अन्तर्गत अरेन्ज क्याप सनराइजर्स हैदरावादका शिखर धावनले पाएका छन् उनले सर्वाधिक १२३ रन ल्याएका छन् | उनलाई कोलकाता नाइट राइडर्सका आन्द्रे रुसेलले १०३ रन ल्याई पछ्याईरहेका छन् भने तेश्रो स्थानमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले १०१ रन पाएका छन् | 

आइपीएलका १६ खेलमा अहिलेसम्म सर्वाधिक छक्का हान्नेमा कोलकात्ता नाइट राइडर्सका आन्द्रे रुसेलले १२ छक्का प्रहार गरेका छन् | उनले यस पटकको आइपिएलमा एकै खेलमा सर्वाधिक ८८ रन जोडेर सर्वाधिक हाइ-स्कोर बनाउनेमा पनि आफ्नो नाम लेखाएका छन् | त्यस्तै दोश्रोमा रोयल च्यालेंजर्स ब्यांग्लोरका एवि डेभीलिएर्सले ९ छक्का र तेश्रो स्थानमा चेन्नई सुपर किंग्सका द्वाने ब्राभोले ८ छक्का हानेका छन् |  


उत्कृष्ट बलरहरु:- 

आइपीएलमा बलर अन्तर्गत सर्वाधिक विकेट लिनेमा मायाँक मर्कंडेले तीन रेकर्ड राखेका छन् | मार्कंडेले २ खेलमा ७ विकेट, बेस्ट बलिङ फिगर र बेस्ट बलिङ एभरेजमा आफुलाई शिर्ष स्थानमा राखेका छन् | यस्तै बलिङ तर्फ बेस्ट इकोनोमी र बेस्ट डटबलको रेकर्ड रशिद खानले राखेका छन् | खेलमा रसिदले २७ डट्स बल खेलेका छन् |  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता