२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिदीको रिसले घर छाडेका २ किशोरी यसरी बने बलात्कारको शिकार

२०७५, २५ भाद्र सोमबार ०९:४९

भदौ २५, काठमाडौं | १३ र १४ बर्षीया दुई किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा काठमाडौंको कीर्तिपुरबाट एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका हाल कीर्तिपूर बस्दै आएका २५ वर्षीय हेम खत्री रहेका प्रहरीले जनाएका छन् ।

खत्रीलाई महानगरीय प्रहरी वृत्त कीर्तिपूरले आइतबार साँझ नियन्त्रणमा लिएको हो । खड्कालाई नियन्त्रणमा लिएलगत्तै प्रहरीले पीडित बालिकाको समेत उद्दार गरेको छ । 

चार दिनअघि दिदीले गाली गरेको भन्दै रिसाएर इमाडोलस्थित कोठाबाट हिँडेका ती किशोरी बालकुमारीस्थित खरिवोटबाट बानेश्वर झर्न भन्दै रत्नपर्कको गाडी चढेका थिए । तर, बबरमहल आइपुगेपछि सँगै बसमा रहेका एक व्यक्तिसँग आफू झर्ने ठाउबारे सोधखोज गर्दा ती व्यक्तिले यहाँबाट भन्दा रत्नपार्कबाट बानेश्वर जान सजिलो हुने उपाय सिकाएपछि उनीहरु ती युवकसँगै रत्नपार्क पुगेका थिए । रत्नपार्क पुगेपछि ती युवाले अब रात पर्यो तिमीहरु मेरो कोठा कीर्तिपुरमा मसँगै हिँड भनेर सोही युवकको कोठामा कीर्तिपुर पुगेका थिए । 

त्यसपछि भदौ २३ गतेसम्म  युवकले आफ्नै कोठामा बन्धक बनाएर राख्नुका साथै दुबै किशोरीलाई बलात्कार गरे । 

त्यसपछि २३ गते १४ बर्षीय किशोरीले तिनै युवकको फोनबाट आफ्न्तलाई फोन गरेकी थिइन् । किशोरीले आफन्तलाई फोन गरेपछि युवकले उनलाई बल्खुसम्म लगेर इमाडोलको गाडी चढाएर पठाएका थिए भने १३ बार्षीय किशोरीलाई आफूसँगै राखेको प्रहरीले जनाएको छ । 

१४ बर्षीय किशोरी घर पुगेपछि शो घटनाबारे परिवारका सदस्यलाई थाहा भएपछी प्रहरीमा उजुरी गरेका थिए । उजुरी लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो र एक पीडित किशोरीको उद्धार गरी पीडकलाई पक्राउ गरेको हो । 

पक्राउ परेका युवकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक र जर्वजस्ती बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ