भदौ २६, दमक | झापामा एक व्यापारीको हत्या भएको छ। कमल गाउँपालिका ६ मंगलबारेका कपडा व्यापारी खेमराज पौडेलको हत्या भएको हो।
उनको शव गौरीगञ्जमा गौरीगञ्ज–६ बाह्रदशीस्थित धानखेत नजिक नालामा फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको छ।

मृतको घाँटी र टाउकोमा छुरा प्रहार गरिएको छ । घटनास्थल नजिकै मे ७ प १९०४ नम्बरको मोटरसाइकल र ब्याग फेला परेको छ।
सोमबार बेलुका श्रीमतीसँगै उनी गौरीगञ्ज बजार गएका थिए। साँझ श्रीमतीलाई एक पसलमा एकछिन बस्नु भनी उनी स्थानीय सद्दाम हुसेनसँग गएका थिए। हुसेनसँग पौडेलको व्यापारिक कारोबार भएको बुझिएको झापा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतले बताए।
घटनाको आशंकामा हुसेनलाई पक्राउ गरी अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिएका छन्।