माघ ५, काठमाडौं । पूर्व डीआईजी एवं ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले आफू कानुनको परिपालक र एक जिम्मेवार नागरिक भएको बताएका छन् ।
सरकारी कागजात किर्ते मुद्दामा प्रहरी छानविनमा असयोग गर्दै ‘फरार' भएका सिलवालले शुक्रबार ट्वीट गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रहरी प्रशासनको नजरमा फरार रहेका सिलवालले ट्वीटमा भनेका छन्, ‘समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा डटेर सामना हुँदैछ ।'
सिलवाललाई खोजी गरी काठमाडौं प्रहरी परिसरमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयले ७७ जिल्लामा पत्राचार गरेको छ । तर सिलवाल भेटिएका छैनन् ।
'म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक ज़िम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको ग़लत प्रयोग गरी आफ्नो विपक्षिलाई प्रहार गर्ने जुन नौटंकि प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ l'