पढ्न करिब 2 मिनेट लाग्छ

टेकेन्द्र बोहरा | भदौ २६, बझाङ | बझाङमा प्रहरी, पत्रकार र यात्रुमाथि आक्रमण भएको छ । जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ नजिकै रहेको बाजकाँडामा एक्कासी अज्ञात समूहबाट आक्रमण भएको हो ।

दुर्गाथली गाउँपालिका र छबिस पाथिभरा गाउँपालिकामा बिर्सती मेला सकाएर बिसौनाप्रहरी चौकीबाट फर्कदै गरेका प्रहरीहरु र अन्य छ जनामाथि आक्रमण भएको जिल्ला प्रहरीकार्यालय बझाङले जनाएको छ ।

राती करिब ८ बजेको समयमा एक्कासी बीच सडकमा उनीहरु चढेको गाडी रोकेर मदिरा सेवन गरेको १५÷१६ जनाको अज्ञात समूहले प्रहरी जनक विष्ट र जनमुखी एफएम ९७ मेगाहर्जमा कार्यरत पत्रकार उत्तमकुमार थापा र प्रहरीलाई धारिलो हतियार र ढुङ्गामुढा प्रहार गरी आक्रमण गरेको पत्रकार उत्तम थापाले बताएका छन।

घाईते प्रहरी जवान जनक विष्टको अवस्था निकै नाजुक भएकाले जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछि नेपालगञ्ज रेफर गरिने वडा प्रहरी नायबनिरिक्षक रामसिंह बोहोराले जानकारी दिएका छन ।

घाईते विष्टको निधार र टाउको गहिरो चोट लागेको बोहराले बताए । त्यस्तै प्रहरी नायब निरिक्षक भान्देव जोशी, जवान गणेशप्रसाद विष्ट सामान्य घाईते भएका छन् ।

प्रहरी निरिक्षक रामसिंह बोहराले भने, ‘प्रहरी ३ जना मात्र थिए । उनीहरुको समूहनिकै ठूलो भएकाले हाम्रो केहीलागेन । हातहतियार थियो आत्मरक्षा गर्न त प्रहरी सक्थ्यो तर हामीले जनतालाई शान्ती सुरक्षा दिन बर्दी लगाएका हौं, मान्छे मार्न होईन अब छानबिन गरिरहेका छौं । तिनीहरुलाई कार्बाही गरेरै छाड्ने बताएका छन पत्रकार थापाको साथमा रेहेको रेर्कडर ल्याप्टफ पनी लुटेर लिएका छन ।

पत्रकार थापालाई केहीदिन देखी समाचारको बिषयलाई लिएर फोनवाट धम्की दिने गरेको बताएका छन ।