२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हवाई कारबाहीमा पाँच जना आतङ्ककारी मारिए

१७ आश्विन २०७५, बुधबार १०:१७

असोज १७, काबुल | अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । 

सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ्ककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

पक्टिका प्रान्तको गोमाल जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा यस हक्कानी नेटवर्कका क्रियाकलापहरु तिब्र हुदै गएको समाचारहरु आएका छन् । 

हक्कानी आतङ्ककारी सञ्जाल पनि तालिबान आतङ्ककारी समूहसँग नै आवद्ध रहेको छ । हक्कानी आतङ्ककारी सञ्जालले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य