2026-07-24 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस महाधिवेशन तयारी प्रारम्भ

भदौ ९, काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विषयमा गरिएको निर्णयलाई कार्यान्वयनमा लैजान छ जना नेतालाई जिम्मेवारी दिएको छ । सोअनुसार प्रदेश १ र २ को केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जीवन घिमिरे, बागमती र गण्डकी प्रदेशमा श्याम घिमिरे र प्रदीप पौडेल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जीवन परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।

क्रियाशील सदस्यता छानबिन गरी अन्तिम प्रतिवेदन पेस गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको कार्यदलले यसको कार्यान्वयनका लागि नेताहरूलाई जिम्मा दिने गरी सिफारिस गरेको हो ।

पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद समाधान भएपछि अब १४ औँ महाधिवेशन तयारी सुरु भएको बताए । अब क्रियाशील सदस्यताको नामावली पार्टीबाट गठित निर्वाचन समितिलाई बुझाउने र समितिले निर्वाचनको कार्यक्रम अघि बढाउने जानकारी उनले दिए ।

निर्वाचनको प्रक्रिया अघि बढाउन निर्वाचन समितिलाई क्रियाशीलको अन्तिम सूची उपलब्ध गराइने छ । पार्टीले यसअघि नै कानुनविद् महादेव यादवको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाइसकेको छ । समितिले आफ्नो काम प्रारम्भ गरिसकेको संयोजक यादवले जानकारी दिए ।

छानबिन समितिले गरेको निर्णयअनुसारको नामावलीमा कुनै परिवर्तन नगरिने बताइएको छ । साथै प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा पार्टीको उम्मेदवार भई निर्वाचित भएका कुनै नेता, कार्यकर्ताले क्रियाशील सदस्यता नपाएको अवस्थामा त्यस्ता व्यक्तिले निर्वाचित भएको प्रमाणसहित माग दाबी गरेमा क्रियाशीलको सूचीमा नाम समावेश गर्ने र त्यस्तो व्यक्तिलाई केन्द्रले सदस्यता दिने सिफारिस छानबिन समितिले गरेको छ ।

बाराको विवादित ११६ वटा फाराम र सोलुखुम्बुको ५१५ नामावलीलाई पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि स्थगित गर्ने र महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता दिन छानबिन समितिले पार्टीलाई सिफारिस गरेको छ ।

यस्तै सप्तरीको प्रतिनिधि सभा क्षेत्र १, २, ४ र बाराको प्रतिनिधि सभा क्षेत्र १ र ४ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी महाधिवेशनपछि प्रक्रिया पु-याई सदस्यता प्रदान गर्न सिफारिस गरिएको छ तर धनुषाको प्रतिनिधि सभा क्षेत्र ४ र सर्लाहीको क्षेत्र २ को विषयमा भदौ १२ गतेभित्र निर्णय गरिने भएको छ ।

साथै कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य सङ्ख्याभन्दा समायोजनको क्रियाशील सदस्यता बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी महाधिवेशनपछि प्रक्रिया पु-याएर सदस्यता दिइने छ ।

समायोजन समितिले केन्द्रबाट प्रक्रिया पु-याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउन पनि छानबिन समितिले सिफारिस गरेको छ ।

यसअघि सोमबार छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई अन्तिम प्रतिवेदन बुझाएको थियो । काँग्रेसले आगामी मङ्सिर ९ देखि १३ गतेसम्म १४ औँ महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक