२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरमा कुकुर पाल्दा स्वास्थ्यमा पुग्छ अचम्मका ५ फाइदा

२०७५, ७ मंसिर शुक्रबार ०९:१४

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो।

यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ।

१. खुशी बढाउँछ, निराश हटाउँछ

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ।

२. मुटु रोगको जोखिम घटाउँछ

कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ। कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ। यसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ।

३. छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

४. स्वस्थ दैनिकीलाई प्रोत्साहन 

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ।

५.   कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन्छन् ।

नोट: कुकुरको दिसामा मानव स्वास्थ्यलाई असर गर्ने जीवणु हुने भएकाले जथाभावी रुपमा कुकुरलाई दिसा गराउन हुँदैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै