मंसिर १०, काठमाडौं । साताको दोश्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आइतबार प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार छापावाल सुन आज घटेर ५७ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आइतबार ५७ हजार ६ सयमा कारोबार भइरहेको तेजावी सुन पनि घटेर प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ |
त्यस्तै, चाँदी पनि प्रतितोला मूल्य पाँच रुपैयाँले घटेर ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।