By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    12 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    15 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    16 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    16 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    19 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    19 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी, अब कहिले खुल्ला ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी, अब कहिले खुल्ला ?
अर्थ/विकासकाठमाडौँ - KTM

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी, अब कहिले खुल्ला ?

साझासवाल
Last updated: August 30, 2020 10:31 am
साझासवाल
6 Min Read
Share

भदौ १४, काठमाडौं ।अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो ।  अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ । 

कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन् । गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म निषेधाज्ञा थपिएको छ । राजधानी काठमाडौँसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेज्ञाज्ञा जारी गरेको हो । यस बीचमा विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ ।  एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तरराष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।

सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिनुभयो । विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उहाँले बताउनुभयो ।

उहाँका विमानस्थलमा सामान्य अवस्थामा अन्तरराष्ट्रिय उडानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आवत जावत गर्थे । अन्तरराष्ट्रियतर्फ आवागमन र प्रस्थान दुबै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थे । त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो । अहिले नियमित अन्तरराष्ट्रिय उडान दैनिक दुईदेखि तीन वटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने जनाएको छ ।  

अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् ।  यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा खटिने कर्मचारीलाई, पिपिई, मास्क, स्यानिटाइजरको व्यवस्था गरिएको छ । जहाजबाट यात्रु ओर्लेपछि अन्तरराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्नुपहिले आगमन कक्षको बाहिरपट्टि स्यानिटाइजर बुथ राखिएको छ । यात्रुले भौतिक दूरीका साथ लाइनमा बसेर सेनिटाइज भई आगमन कक्षबाट भित्रिन्छ । अध्यागमन प्रक्रिया गर्नेक्रममा पनि बिचमा पनि स्यानिटाइजर प्रयोग, स्वास्थ्य डेस्कको प्रक्रिया पुरा गरेर मात्रै यात्रु विमानस्थलबाट बाहिरिनेछन् ।   विमानस्थलले यात्रु आवत जावत गर्नेे हरेक स्थानमा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाएको छ । अध्यागमनदेखि हेल्थ डेस्कको प्रक्रिया पालना गर्दा तथा शौचालय र अन्य स्थानमासमेत स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

यात्रुसँग प्रत्यक्ष साक्षात्कार हुने सबैखाले जनशक्तिलाई विमानस्थलले स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्था गरेको छ । महामारीबाट बचेर सुरक्षित उडानका लागि अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ सञ्चालनको तयारीमा छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप पनि बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्यभएको हो । 

पछिल्लो पटक विमानस्थलको नयाँ संरचना र उडान व्यवस्थापकीय तयारीबारे पर्यटनमन्त्री योगेश भट्टराईले निरन्तर अवलोकन र निर्देशन दिदैँ आउनुभएको छ । विमानस्थलबाट बाहिरिनेक्रममा आकर्षक अत्याधुनिक भौतिक संरचनाले विमानस्थलको सौन्दर्यता थपेको छ । अहिले विदेशबाट आउने यात्रुले टलक्क टल्केको चिटिक्क नयाँ भवनको बाटो भएर बाहिरिनेछन् ।

यही भदौँ १६ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने
Next Article थप १२२१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १४ जनाकाे मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMटिप्स

टुसा उम्रिएको आलु खानु अघि बुझ्नुहोस् : बढ्न सक्छ ब्लड सुगर र फुड पोइजनिङको खतरा

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMसमाज

आनन्द बजारमा हराएको पेस्तोल भेटियो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

सुनचाँदीको मूल्यमा लगातार वृद्धि

1 year ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कुवेतबाट आममाफी पाएका १२१४ नेपाली स्वदेश फर्किए, आज पनि फर्कदै

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?