2026-07-02 05:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८० स्थानको प्रारम्भिक नतिजा आउँदा कुन दलको कति अग्रता (अपडेट)

असोज ३, काठमाडौं | तेश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश २ को मतगणन जारी छ । प्रारम्भिक मत गणना अनुसार प्रदेश नम्बर २ का स्थानीय तहमा मंगलबार राति साढे १० बजेसम्म ८० स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ।

आगामी शनिबारसम्म सबै नतिजा सार्वजनिक गर्ने गरी भएको मतगणनामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबभन्दा बढी २३ स्थानका मेयर र अध्यक्षमा अग्रता लिएको छ भने दोस्रो स्थानमा रहेको एमालेले १८ स्थानीय तहमा अग्रता लिएर एकदमै कम अन्तरमा पछ्याइरहेको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम १४ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा छ। माओवादी केन्द्र १२ स्थानमा अगाडि छ भने राजपा नेपाल १० स्थानीय तहमा अग्रस्थानमा छ । त्यस्तै फोरम लोकतान्त्रिक ३ स्थानमा अगाडि छ ।

बिरगंज महानगर 

महत्वपूर्ण मानिएको बिरगंज महानगरपालिकामा सोमबार भएको मतदानपछी ढिलो गरि गन्न सुरु गरिएकोमा ७०० मत गणना गर्दा राजपाले काँग्रेस भन्दा १ मतले अग्रता लिएको छ । तर बीरगन्ज महानगरपालिकामा अग्रता लिइरहेको राजपाका उम्मेदवारको मतान्तर भने अहिले घटेको छ । 

मत परिणाम अनुसार पहिलो स्थानमा रहेका राजपाका मेयर उम्मेदवार राजेशमान सिंहले २३५ मत पाएका छन् । त्यस्तै दोश्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार अजय द्विवेदीले २३४ मत पाएका छन्  । द्विवेदीले अग्रता लिन अब १ मत मात्र ल्याउनुपर्ने छ । 

त्यस्तै यस अघिको मत परिणाम अनुसार दोश्रो स्थानमा रहेका फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले १३७ मत सहित तेश्रोमा झरेका छन् । 

त्यस्तै छैटौं स्थानमा रहेको माओवादी केन्द्र २ स्थानमा उक्लिँदै चौथो स्थानमा आइपुगेको छ । माओवादी केन्द्रका मेयर उम्मेदवार रहबर अन्सारीले ९८ मत प्राप्त गरि २ स्थान माथि उक्लिएका हुन् ।

त्यस्तै फोरम लोकतान्त्रिकका विजय सरावगी ७६ मत ल्याई पाँचौं स्थानमा छन् भने एमालेका उम्मेद्वार बशरुद्दिन अन्सारी ७२ मत सहित छैटौं स्थानमा झरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै