मङ्सिर ११, काठमाडौँ | आगामी बिहिबारदेखि आइतबारसम्म काठमाडौंमा जोर विजोर नम्बर अनुसार गाडी चल्ने भएका छन् ।
शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।
अत्याव्श्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर/बिजोर प्रणाली लागु हुने छैन ।
