२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षे पछाडी हट्ने

२९ मंसिर २०७५, शनिबार ०७:०७

मङ्सिर २८, कोलम्बो | श्रीलङ्काका शसक्त नेता महिन्दा राजापाक्षे पछाडी हट्ने सङ्केत देखिएको छ । 

उहाँले प्रधानमन्त्रीको पदमा बसिरहदा विवाद देखिएकाले त्यसबाट बाहिरिने तयारी गर्नुभएको राजापाक्षेका छोराले शुक्रबार बताएका छन् । 

राजापाक्षेको यो तयारीसँगै श्रीलङ्कामा जारी सात हप्ता लामो शक्ति संघर्षको अत्य हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन् । 

राजापाक्षेका छोरा नामलले शनिबार राजापाक्षेले पद त्याग गर्ने संकेत गर्नुभयो । “उहाँले देशको स्थायित्वका लागि यस्तो गर्न लाग्नु भएको हो,” नामलले भन्नुभयो । 

श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय अवैधानिक रहेको फैसला गरेको भोलिपल्ट राजापाक्षे पुत्रको यस्तो भनाई आएको हो । 

राजापाक्षे पुत्रको भनाइले प्रधानमन्त्रीका रुपमा राजापाक्षेले अव कुनै अभ्यास र काम नगर्ने सङ्केत गरिसकेको छ । उहाँले सर्वोच्च अदालतको आदेशको विरुद्धमा उभिने अवस्था नरहेको निष्कर्ष निकालेको विश्लेषण गरिएको छ । 

सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलासले सर्वसम्मतरूपमा राष्ट्रपतिको संसद् विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको थियो । 

अदालतले संसद् विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको अधिकारीहरुले जानकारी दिएका थिए । 

राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद् विघटनको घोषणा गर्दै निर्वाचनको मिति तोकेपछि त्यसका विरद्धमा मुद्धा परेको थियो । 

त्यस मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको थियो । संसद्को समयावधि झण्डै दुई वर्ष बाँकी छँदै उहाँले निर्वाचनको घोषणा गर्नुभएको थियो । 

राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गर्दै पूर्वराष्ट्रपति राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट शुरु भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य