2026-08-31 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा क्यान्सरका कारण चार दिनमा दुई कैदीको मृत्यु

चैत १३, चितवन । चार दिनमा भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ । 

यही चैत ९ गते एकजना क्यान्सर रोगी कैदीको मृत्यु भएकामा शनिबार अर्का एक जनाको क्यान्सरकै कारण ज्यान गएको जिल्ला कारागार चितवनले जनाएको छ । यसरी मृत्यु हुनेमा सन्धुलीका ३५ वर्षीय अर्जुन गिरी र रुपन्देहीका ठगराज पौडेल रहेको जेलर कमल काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार गिरी फोक्सोको क्यान्सरबाट पीडित थिए । उपचार कै क्रममा भरतपुर अस्पतालमा उनको मृत्यु भएको हो । उनी जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै थिए । विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो । 

रामेछापमा कैद भुक्तान गरिरहेका उनलाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही महिनाअघि चितवन ल्याइएको थियो । यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो । 

क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले जनाकारी दिनुभयो । पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने