चैत ३०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताउनुभएको छ ।
बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य’ एवं ज्योतिपथ पुस्तकको अङ्ग्रेजी संस्करणको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोतबिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको बताउनुभयो ।

“ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य छ”, उहाँले भन्नुभयो, “आदित्यमा विनास्रोतको ज्ञान प्राप्त भएको छ । विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौती हो ।” प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकाले आदित्यजस्ता प्रतिभाको यहाँ जन्म भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विश्वका वैज्ञानिकलाई आदित्यको स्रोतविनाको ज्ञानका बारेमा अध्ययन गरेर निष्कर्ष दिन पनि आग्रह गर्दछु ।”