२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेरूमा ८.० म्याग्निच्युड को शक्तिशाली भूकम्प

२०७६, १२ जेष्ठ आईतवार १४:५६

जेठ १२, लिमा, पेरू । पेरूको उत्तरी क्षेत्रमा आइतबार विहानै ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पका कारण घरभित्र बसीरहेका स्थानीयबीच केही समय भागदौड मच्चिएको थियो भने भूकम्पपछि उक्त क्षेत्रमा विद्युत सेवा आइतबार दिनभर अवरूद्ध भएको छ । ग्रीनवीच समय अनुसार ७ः४१ बजे गएको भूकम्पको केन्द्रविन्दु पेरूको दक्षिणपूर्वी शहर लागुनासबाट ७५ किलोमिटर टाढा ब्राजिलीयाली सिमाना क्षेत्रमा ११० किलोमिटरको गहिराइमा रहेको यूएसजीएसले जानकारी गराएको छ ।

भूकम्प शक्तिशाली भएको र यसको धक्का, मध्य तथा उत्तरी पेरू र छिमेकी मुलुक इक्वेडरमा समेत महशुस गरिएको बताइएको छ । 

भूकम्पका कारण भएको क्षतिबारे तत्काल कुनै विवरण प्राप्त हुन सकेको छैन तर शक्तिशाली धक्का महशुस भएकोले यसबाट मानवीय क्षति तथा भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ । भूकम्पका कारण पुगेको क्षतिको विवरण लिन प्रहरी तथा स्थानीय समुदाय गाउँगाउँमा खटिइरहेको बताइएको छ ।

जमिनको सतहदेखि निकै गहिराइमा केन्द्रविन्दु रहेकाले यसबाट जमिनको सतहमा न्यून क्षति हुने गरेको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

भूकम्पपछि पनि पराकम्पन आउनसक्ने भयमा घरभित्र पस्न वा आफ्नो काममा फर्किन नसकि खुला ठाउमा घुमिरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

स्थानीयहरूले भूकम्पका कारण केही घरहरू भत्केका र थुप्रै निजी तथा सार्वजनिक भवनहरूमा आंशिक क्षति भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा