२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

२१ श्रावण २०७६, मंगलवार ११:४५

साउन २१, एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ ।

यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस  वर्ष त चुनावी हिसा शुरु भइसकेको छ । अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ ।  तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन् । 

यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौ पर्यवेक्षकहरुका अनुसार  यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ । अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ । 

अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ । सन् २०१४ को राष्ट्रपति चुनावमा पनि  ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन् । अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ । 

चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहको कार्यालयमा गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य