२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिको चुनाव अगाडी तालिबानको चेतावनी

२०७६, २१ श्रावण मंगलवार ११:४५

साउन २१, एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकू समूहले अफगान नागरिकलाई चुनावी सभाबाट टाढा रहन चेतावनी दिएको छ ।  सो समूहले आफ्ना लडाकूहरुलाई सेप्टेम्बरमा हुनगइरहेको मतदानको विरोधका खडा गर्न आदेश दिएको छ ।

यस अगाडीका निर्वाचनहरुमा पनि तालिबान र अन्य विद्रोही समूहहरूले लगातार आक्रमण गर्दै आएका थिए । यस  वर्ष त चुनावी हिसा शुरु भइसकेको छ । अफगानिस्तानमा राष्ट्रपतीय पदको निर्वाचन अगामी सेप्टेम्बर २८ को लागि तय भएको छ ।  तर यसको चहलपहल सुरु हुन सकेको छैन र केही उम्मेदवारहरूले आफ्नो चुनावी अभियान सुरु गर्न सेकेका छैनन् । 

यस निर्वाचनलाई निरिक्षण गरिरहेका कैयौ पर्यवेक्षकहरुका अनुसार  यो चुनाव पुनः स्थगित हुनेछ भन्ने रहेको छ । अमेरिका र तालिबानबीच शान्ति अन्तिम सम्झौताको लागि भन्दै यसअघि नै दुई पटक राष्ट्रपतीय चुनाव स्थगित गरिएको छ । 

अफगानिस्तानको चुनावले कुनै खास महत्व नराख्ने तालिबानले बताएको छ । सन् २०१४ को राष्ट्रपति चुनावमा पनि  ठगी र धोखा भएको तालिबानले आरोप लगाएका छन् । अमेरिकाको आदेशमा राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाबीच शक्ति बाँडफाँड गर्ने सम्झौता भएको तालिबानको भनाई रहेको छ । 

चुनाबी अभियानको शुरुमा नै यसै महिनाको पहिलो दिन उपराष्ट्रपतिका उम्मेदवारका अम्रुल्लाह सालेहको कार्यालयमा गरेको आत्मघाती आक्रमणमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी