By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    15 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    16 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    20 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग
अर्थ/विकासकाठमाडौँ - KTM

सुरुङमार्गको शिलान्याससँगै पूर्वाधार विकासमा नयाँ युग

साझासवाल
Last updated: October 21, 2019 1:42 pm
साझासवाल
5 Min Read
Share

कात्तिक ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्ग निर्माणको शिलान्याससँगै नेपाल विकास निर्माणमा प्रविधिका हिसाबले नयाँ उचाइमा उठेको बताउनुभएको छ । 

चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सडक यातायातमा उपयोग हुने नेपालकै पहिलो सुरुङमार्ग शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले नयाँ प्रविधिका साथ अर्को फड्को मारिएको बताउनुभयो । 

“टोखाबाट छहरे र बेत्रावतीबाट स्याफ्रुबेंसीलगायत सुरुङमार्ग पनि अध्ययनका क्रममा छन्, अब सुरुङमार्ग निर्माणको युग शुरु भएको छ, कहाँकहाँ सुरुङमार्ग निर्माण गर्न सकिन्छ भनी सम्भाव्यता अध्ययन भइरहेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । 

द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गलगायत पूर्वाधार निर्माण एवं स्तरोन्नतिपछि समृद्धिको यात्रामा सहयोग पुग्ने उहाँको विचार थियो । गत वर्षमात्र एक हजार ६०० किमी सडक कालोपत्र र २४३ पक्की पुल निर्माण भएको प्रधानमन्त्री ओलीले सुनाउनुभयो । 

नेपाली निर्माण कम्पनीले काम गर्दा ढिलाइ भएजस्तो मित्रराष्ट्रका कम्पनीले गरेका काममा नहुने उहाँको विश्वास थियो । नेपाल पर्यटन वर्षअगावै नागढुङ्गा–कलङ्की सडक बनाइसक्न पनि प्रधानमन्त्री ओलीले सरोकार भएका निकायसँग आग्रह गर्नुभयो । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले देशलाई सुरुङमा प्रवेश गराउनु ऐतिहासिक काम भएको उल्लेख गर्नुहुँदै कहाँ कहाँ पहाड छेडेर छिटो सडक बनाउन सकिन्छ भन्ने विषयको अध्ययन भइरहेको जानकारी दिनुभयो ।

“चित्लाङ, लामाबगर, खुर्कोटलगायत सात स्थानमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन भइरहेको छ, अबको पूर्वाधार निर्माणमा सुरुङमार्गलाई प्राथमिकतामा राखिन्छ, साँढे तीन वर्ष म्याद तोकिए पनि बढीमा तीन वर्षमा बनाइसक्ने भनी निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यकामा रोकिएका सडक आयोजना फागुन मसान्तअगावै सक्न सडक विभागलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । फागुनपछि नयाँ काठमाडौँ हुने मन्त्री महासेठको प्रतिबद्धता छ । अब समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरमा ल्याउने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले खत्रीपौवाबाट नौबिसेसम्म एक लेन सडक थप गर्न लागिएको जानकारी गराउनुभयो । सडक सुरुङ निर्माणमा कोशेढुङ्गा सावित हुने उहाँको विश्वास थियो । तोकिएको म्यादमा उच्च गुणस्तरको सुरुङ बन्ने सचिव कार्कीको प्रतिबद्धता थियो ।

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सुरुङ विधिसम्बन्धी प्रविधि नेपालमा भित्रने बताउनुभयो । देशका प्रमुख शहरलाई सुरुङ मार्गले जोड्ने गरी अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पहाडी मुलुकमा सहजरुपमा यातायात सञ्चालन गर्न सुरुङमार्ग सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । विसं १९२७ चुरियामाईमा दक्षिण एशियामै पहिलो सुरुङमार्ग बनेको थियो । त्यो हाल प्रचलनमा छैन । 

नागढुङ्बाट सिस्नेखोला जोड्ने सुरुङ आधुनिकरुपमा बन्न लागेको पहिलो हुनेछ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशतको सहुलियत ऋण सहयोगमा सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको हो । सुरुङमार्ग निर्माणका लागि रु २२ अर्ब लाग्ने अनुमान छ । जाइकाले रु १६ अर्ब सहयोग गर्नेछ भने रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।

प्रवेश मार्गसहित ५.५६ किमी सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताउनुभयो । करीब रु छ अर्ब प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

धादिङको धुनिबेंसी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको छ । केही समयपछि त्यता पनि मुआब्जा वितरण शुरु गरिनेछ । चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा आयोजित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्दै । तस्वीरः चन्द्रकला क्षेत्री 

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुनेगरी पहिलोपटक मार्ग निर्माण गर्न लागिएको हो । मार्गमा दुई वटा साना ‘फ्लाई ओभर’ समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो । सुरुङमार्गकै मुखमा र सतुङ्गलमा गरेर दुई स्थानमा ‘फ्लाई ओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो । 

सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङ्दो कर्पोरेशनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ । सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत खटाइयो
Next Article फिलिपिन्सका नौ हजार प्रहरीलाई कारबाही
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

प्रचण्डको बुझाईमा चुनाव हार्नुका पाँच कारण

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

अब अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुक बाहिर जाने प्रत्येक यात्रुबाट १५ सय उठाइने

57 years ago
काठमाडौँ - KTMराजनीति

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

बुस्टर डोज खोप दिने सरकारको तयारी, क-कसले लगाउन पाउँछन् ?

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?