२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर

१५ कार्तिक २०७६, शुक्रबार ११:१५

कात्तिक १५, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल (हान), घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन् ।

हानले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुपमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । नेपाल आउने सबै विदेशी पाहुनाका लागि यस्तो छुट दिइनेछ ।

हानमा पर्यटकस्तरदेखि पाँचतारेसम्म गरी करीब दुई हजार होटल आबद्ध छन् । हानको हाल १५ च्याप्टर छन् । यस्तै होमस्टे एशोसिएसनले पनि भ्रमण वर्षमा आउने विदेशी पर्यटकलाई सेवामा २० प्रतिशतसम्म छुट दिने भएको छ ।

संस्थाका अध्यक्ष केशव बडालले घरबासमा खाना बस्नमा ‘लजिङ फुडिङ’ मा २० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी दिनुभयो । देशका ५७ जिल्लामा ६०० भन्दाबढी घरबास सञ्चालनमा रहेका छन् । 

सरकारले भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुरुप प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । भ्रमण वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधार विकास र सेवा स्तरीकरणलाई विशेष ध्यान दिइएको छ । होटल व्यवसायीले अहिलेकै अवधिमा २५ लाख पर्यटकलाई धान्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली