२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्यानपावर व्यवसायीले नेपाल भ्रमण वर्ष सफल बनाउन सघाउने, विदेशिने श्रमिकलाई टिसर्ट वा क्याप अनिवार्य

२०७६, ६ पुष आईतवार ११:५४

पुस ६, काठमाडौं । 'नेपाल भ्रमण वर्ष २०२०' लाई सफल बनाउन सहयोगी भूमिका खेल्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुलाई अपिल गरेको छ । 

ईजाजतपत्रवाला व्यवसायीले विदेशमा रोजगारदाता कम्पनी लगायत अन्य प्रयोजनका लागि गर्ने ईमेलमा भ्रमण वर्ष २०२० को लोगो अनिवार्य प्रयोग गर्न व्यवसायीलाई आग्रह गरिएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकारले बार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै सफलताका साथ सु–सम्पन्न गर्नको लागि संघले सरकारसंग सहकार्य गर्ने सहमती यस अघि नै गरिसकेको छ ।

संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारहरुलाई अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट वा क्याप उपलव्ध गराई रोजगारीमा जाँदा टिसर्ट वा क्याप लगाउने व्यवस्था गर्न संघले अनुरोध गरेको श्रेष्ठले बताए । ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ–आफ्नो कार्यालयमा भ्रमण बर्ष २०२० को लागो राख्ने साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड लगायतका अफिसियल सामाग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने व्यवस्था गर्न आग्रह गरिएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।

नेपाल आउने विदेशी रोजगारदाता कम्पनीका प्रतिनिधिलाई नेपाल भ्रमण वर्षको उट्घाटन कार्यक्रममा सहभागी गराउने तयारी गरिएको उनले बताए । त्यस्तै गरि भ्रम वर्षकै अवसरमा कोलम्बो प्रोसेसको नेपालले अध्यक्षता गरिरहेको बेला श्रमिक पठाउने देशहरुका म्यानपावर कम्पनीहरुलाई समेटेर एकीकृत रुपमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिएको श्रेष्ठले बताए । सम्मेलनले श्रमिक पठाउने देशको आवाज एउटै बनाई श्रमिकका लागि अधिकतम फाइदा हुने गरि निचोड निकाल्न सहयोग हुने साथै भ्रमण वर्षलाई पनि सफल बनाउन प्रचारमा सहयोगी हुने विश्वास लिइएको उनले बताए ।

२०२० जनवरी १ को दिन दशरथ रंगशालामा हुने भ्रमण वर्षको उदघाटन समारोहमा संघको तर्फबाट १०० जनाको मार्च पास गर्ने कार्यक्रम राखेको संघले जनाएको छ । साथै उक्त मार्च पासमा सहभागी हुन चाहने संस्थाले यस संघमा यथाशिघ्र नामावली टिपाउन संघले आग्रह गरेको छ । उक्त उद्घाटन कार्यक्रम हेर्न चाहने ईच्छुक व्यवसायीहरुले संघबाट निशुल्क टिकट लिनु पनि आग्रह संघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी