Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज किन अधिकांश पेट्रोल पम्प बन्द भए ? यस्तो छ भीत्री तथ्य

२०७६, २ चैत्र आईतवार १३:१३

चैत २, काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्प बन्द हुनुको कारण कोरोना भाइरसको प्रभाव मानिए पनि यसको भित्रि रहश्य भने अर्कै छ । 

आज धेरै स्थानका पेट्रोल पम्प कि त बन्द देखिन्थे खुलेकाहरुमा सर्वसाधारणको निकै लामो लाइन समेत देखिए । कोरोना भाइरसको संक्रमणले दैनिक उपभोग्य सामानको अभाव हुनसक्ने त्रास देखिएकै बेला पेट्रोल पम्पहरुमा लामो लाइन देखेपछि सर्वसाधारण समेत आतंकित हुनु स्वभाविक नै हो तर आज पेट्रोल पम्पमा लाइन देखिनु कोरोनाको प्रभाव भने होइन । पेट्रोल पम्प व्यवसायीहरुको मनपारीको कारण आज अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका हुन् । 

नेपाल आयल निगमसँग पर्याप्त तेल मौज्दात हुँदा हुँदै पनि गत दुई दिनदेखि पेट्रोल पम्पहरुले आफ्नो पेट्रोल पम्पमा इन्धन भर्न नचाहेको बुझिएको छ । तर यस्तो किन गरे त उनीहरुले ? निगम स्रोतका अनुसार पम्पहरुले आफ्नो पेट्रोल पम्पमा तेल लैजाननै नचाहेर पेट्रोल पम्प बन्द गरेका हुन् । जसको कारण खुलेका पेट्रोल पम्पहरुमा सर्वसाधारणले निकै लामो लाइनमा बसेर इन्धन भर्न बाध्य बन्नु परेको छ । 


पेट्रोल पम्पहरुले अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुनसक्ने अनुमान गर्दै पम्पमा पेट्रोल/डिजेल छैन भन्ने प्ले कार्ड राखेर सर्वसाधारणलाई झुक्याएका हुन् । अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएको र नेपालमा पनि सस्तिन्छ भन्ने पुर्व सूचना पाएका कारण उनीहरुले तेल नभरेको बुझिएको छ । महंगोमा किनेको तेल बाँकी रहंदा घाटा हुने डरले पेट्रोल पम्पहरुले डिलरहरुले आफ्नो पेट्रोल पम्पमा तेलनै नराखेको बुझिएको छ । जस कारण आइतबार अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएको हो । 

मुल्य समायोजनको सूचना निगमका कर्मचारीहरुले व्यवसायीहरुलाई दिएर कमिसन खाने गरेको समेत आरोप लाग्दै आएको छ । निगमका कर्मचारीले पेट्रोल/डिजेलको भाउ घट्ने पुर्व सूचना व्यवसायीलाई दिएको कारण पनि पेट्रोल पम्पहरु बन्द भएको आरोप लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै