2026-09-25 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मागपत्र प्रमाणीकरण कार्य धमाधम स्थगित गर्दै दुतावास, व्यवसायी भन्छन्- रोक्नुपर्ने कारण छैन

मनोज पराजुली, चैत्र २, काठमाडौं । विदेशस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरण कार्य धमाधम रोक्न थालेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरसको कारण नेपाल सरकारले अनिश्चितकालीन रुपमा श्रम स्वीकृति रोकेको भन्दै विदेशस्थित नेपाली दुतावासले पनि मागपत्र प्रमाणीकरण रोक्न थालेका छन् ।

ओमानस्थित नेपाली दुतावासले आइतबारबाट कामदार मागपत्र प्रमाणीकरण कार्य बन्द गरेको छ । दुतावासले आइतबार एक सूचना जारी गर्दै दुतावासबाट प्रदान गरिदै आएको मागपत्र प्रमाणीकरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । सरकारले अर्को सूचना जारी नभएसम्मका लागि श्रम स्वीकृति रोकेको भन्दै दुतावासले मागपत्र प्रमाणीकरण पनि रोकेको जनाएको छ । 

युएई स्थित नेपाली दुतावासले आइतबारनै एक सूचना जारी गरि दुतावासबाट प्रदान गरिने मागपत्र प्रमाणीकरण सम्बन्धि सम्पूर्ण कार्य चैत ४ गतेदेखि अनिश्चित कालका लागि स्थगित गरेको जनाएको छ । 

त्यस्तै साउदी अरेवियाले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले दुई हप्ताका लागि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको गरिसकेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण वृद्दि रोक्न कुवेतले मार्च १२ देखि मार्च २६ सम्म दुई हप्ताका लागि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ । कुवेतले सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई दुई हप्ता विदा दिंदै दुई हप्ताका लागि सवै व्यवसायीक अन्तराष्टिय उडान समेत स्थगित गरेको छ । सोहि कारण देखाउँदै नेपाली दुतावासले पनि मागपत्र प्रमाणीकरण रोकेको छ ।

त्यस्तै कुवेत र कतारस्थित नेपाली दुतावासले पनि अनिश्चितकालीन कालसम्मका लागि मागपत्र प्रमाणीकरण रोकिसकेका छन् । बहराइनले पनि दुतावासमा भिडभाड कम गर्न भन्दै अत्यावश्यक सेवा बाहेक अन्य कार्य स्थगित गर्न लागेका छन् ।

रोक्नुपर्ने कारण छैन : व्यवसायी

कोरना भाइरसका कारण देखाउंदै नेपाली दुतावासले मागपत्र रोक्नु जायज नभएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । मागपत्र प्रमाणीकरण समेत रोक्नु बेकार हो, संघका महासचिव सुजित श्रेष्ठले भने ‘प्रमाणीकरण पनि रोक्नु भनेको वैदेशिक रोजगार पूर्ण रुपमा ठप्प पार्नु हो ।’

बन्द गर्न चाहने मुलुकले आँफैले हवाई उडान लगायत अन्य सेवा बन्द गरिरहेको बेलामा नेपालले आँफैले गन्तव्य मुलुक रोक्का गर्दा रोजगारदाताबाट सकारात्मक प्रतिक्रिया नआएको श्रेष्ठले बताए । वैदेशिक रोजगारका विभिन्न प्रक्रिया मध्ये अन्तिम स्वीकृति रोकिए पनि पुर्व स्वीकृति लगायत अन्य प्रक्रिया जारी गर्नुपर्ने उनले बताए ।

आधिकारिक पत्र छैन : उमेश बस्नेत

विदेशस्थित नेपाली दुतावासाले धमाधम मागपत्र प्रमाणीकरण रोकेपनि त्यसबारे वैदेशिक रोजगार कार्यलयलाई औपचारिक पत्र नपुगेको पाइएको छ । मागपत्र प्रमाणीकरण रोकिएकोबारे हामीले पनि मिडिया मार्फत नै जानकारी पाएका हौं, वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालयका प्रमुख उमेश बस्नेतले भने ‘दुतावासबाट कुनै आधिकारिक पत्र आएको छैन ।’

दुतावासले अनलाइन मार्फत मागपत्र प्रमाणीकरण गरेर पठाएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलले मागपत्रको पुर्व स्वीकृति दिंदै आएको थियो तर दुतावासले नै मागपत्र नपठाएपछि सेवा शुन्यप्राय: भएको उनले बताए । मागपत्र पुर्वस्वीकृतिका लागि केहि मात्रामा पुराना फाइल आएपनि नयाँ फाइल आउनेक्रम रोकिएको बस्नेतले बताए । सरकारले श्रम स्वीकृति नै रोकेपछि कार्यालयका अन्य सेवा ठप्प भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक