२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुनपानीले कुल्ला गर्दा कोरोना संक्रमण र लक्षणको समय घटाउन सकिने ब्रिटेनका शोधकर्ताको दावी

२०७७, ११ जेष्ठ आईतवार ०३:१५

जेठ ११, काठमाडौँ (एजेन्सीको सहयोगमा) | कोरोना भाईरसबाट संक्रमित भईसक्नु भएकाहरुले नुनपानीले कुल्ला गर्नाले लक्षण र जोखिम घटाउन सक्ने दावी गरिएको छ । यो दावी ब्रिटेनको  एडिनबर्ग यूनिवर्सिटीमा भएको अनुसन्धानको हो । जसको अनुसार, नुनपानीले कुल्ला गर्दा कोरोना संक्रमणको लक्षणलाई कम गर्न सकिने साथै संक्रमणको अवधि पनि घटाउन सकिने भएको छ ।

शोधकर्ताहरुले कोरोना संक्रमणबाट जुधीरहेका ६६ जनामा यो अनुसन्धान गरेका थिए । अनुसन्धानमा सहभागी संक्रमितलाई नाक र घाटीमा कोरोना संक्रमण थियो । 

उपचारको साथै कुल्ला गराइयो 

शोधकर्ताहरुका अनुसार कोरोना संक्रमित व्यक्तिहरुलाई उपचारसंगै नुनपानीले कुल्ला गराइयो । १२ दिनपछि उनीहरुको नाकबाट नमुना लिईयो । जसको अनुसन्धान रिपोर्टमा आयो कि संक्रमणको लक्षणमा कमी आयो । 


औसतमा २.५ दिनमा संक्रमण घट्यो 

जर्नल अफ ग्लोबल हेल्थमा प्रकाशित शोधका अनुसार, कोरोना संक्रमितहरु जसलाई कुल्ला गराइयो उनीहरुमा संक्रमण औसतमा २.५ दिनमा घट्यो । शोधकर्ता डा. सन्दीप रामालिंगमका अनुसार कुल्ला गर्नाले संक्रमितहरुमा त्यसको प्रभाव देखिएको छ र कम समयमै संक्रमितलाई निको पार्न सकिने दावी गरिएको छ ।

पुरा रिपोर्ट यो लिंकमा क्लिक गरेर पढ्न सकिन्छ ।

छिट्टै परीक्षण शुरू हुनेछ 

शोधकर्ताहरुका अनुसार यो विषयमा छिट्टै परीक्षण शुरू हुनेछ । हालै एक अन्तर्राष्ट्रिय भाइरस विशेषज्ञको एक समूहले माउथवास (मुख धुनाले) कोरोना भाइरसको असरलाई घटाउन सकिने दावी गरेको थियो । उनीहरुको अनुसार माउथवास गर्नाले कोशिकामा संक्रमित हुनु अघिनै कोरोना भाइरसलाई नष्ट गर्न सकिन्छ । 

विशेषज्ञहरुले कुल्ला गर्दा निकालिने पानी खुला ठाउँमा नफाल्न पनि सुझाव दिएका छन् । साथै अरुको अगाडी ६ फिट टाढा बसेर मात्र कुल्ला गर्न भनिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा