By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    9 minutes ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    37 minutes ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    6 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    23 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विपश्यना गरौँः बन्दाबन्दी (लकडाउन) जितौँ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विपश्यना गरौँः बन्दाबन्दी (लकडाउन) जितौँ
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

विपश्यना गरौँः बन्दाबन्दी (लकडाउन) जितौँ

साझासवाल
Last updated: May 24, 2020 2:40 am
साझासवाल
6 Min Read
Share

कमल रायमाझी | जेठ ११, भैरहवा | महामारीको त्रास र घरभित्रै थुनिनुपर्दा विचलित मनलाई शान्त पार्न आध्यात्मिक चिन्तकहरु ध्यान र योगको सुझाव दिन्छन् ।  त्यसो त ध्यान  र योग अन्य बेला पनि आवश्यक छ र यसलाई दिनचर्या नै बनाउनुपर्छ भन्ने कुरा हजारौँ वर्षदेखि भनिँदैआएको  हो ।

ओशो ध्यान, चिन्मय ध्यान, भावातीत ध्यान जस्तै विपश्यना ध्यान मनलाई काबुमा ल्याउने अस्त्र हो । तनावयुक्त र हतास मनस्थितिमा रहेका मानिसको मनलाई एकाग्र बनाई जीवन जिउने कला सिकाउने माध्यम विपश्यना भएको बौद्ध भिक्षुहरु बताउनुहुन्छ । मानिसलाई दास बनाउने चञ्चल मनलाई वशमा राख्न विपश्यना ध्यान गर्न आवश्यक भएको उहाँहरुको अनुभव र सल्लाह दुवै छ । कोरोना र बन्दाबन्दी जित्ने एक माध्यम आफैँले आफैँले चिन्ने विपश्यना हुन सक्ने उहाँहरुको सुझाव छ । 

बन्दाबन्दीमा विपश्यना ध्यान उपयुक्त समय भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर बताउनुहुन्छ । “यस्तो समयमा ध्यान गरेर हतास र आत्तिएको चित्त र मनलाई शान्त गर्न सकिन्छ”,  भिक्षु मैत्री  भन्नुहुन्छ, “ध्यानले मानिसको चित्तलाई दमन गर्छ, मनलाई एकाग्र बनाउँछ ।” 

सांसरिक जीवनमा हुने राग, द्वेष र  मोहबाट मुक्त गराउने  साधन एवं माध्यम पनि विपश्यना भएकाले अहिलेको समयमा संसारभर यसको प्रयोग पनि बढ्दो रहेको छ । आर्य–मौनको माध्यमबाट शिरदेखि पाउसम्म आफूले आफैँलाई पढ्ने र पाउदेखि शिरसम्म अध्ययन निरीक्षण गर्ने हुनाले पनि मानिसको मनलाई वशमा राख्न सकिने उत्तम मार्ग विपश्यना हो । आध्यात्मिक सुखशान्तिका लागि गरिने साधनाले चित्त निर्मल र शुद्ध हुने विपश्यना कर्म गर्नेहरु बताउँछन् । 

चित्तमा हुने नराम्रा प्रवृत्ति त्याग्नका लागि विपश्यनाले प्रेरणा दिन्छ । आफूले आफैँलाई चिन्न सिकाउँछ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा विपश्यना विषयमा प्राध्यापनरत सुमन्तराज न्यौपाने बन्दाबन्दीमा घरभित्र रहेका मानिसले दैनिक रुपमा आनापाना माध्यमबाट विपश्यना गरे मन निर्मल हुने बताउनुहुन्छ । न्यौपाने भन्नुहुन्छ, “विपश्यनाले आफूलाई चिन्ने, आफूलाई हेरेर अनित्यको बोध गर्ने र वस्तुनिष्ठ सत्यताको विकास गर्छ । पहिला आफ्नो अन्तरात्मालाई चिन्ने अनि बाह्य संसारलाई शून्यतामा बुझ्ने नै विपश्यनाको काम हो ।” 

हामीले खोज्ने भौतिक सुखले बाह्य संसारमा सुख देखिए पनि आन्तरिक मनमा यसले कुनै फरक पार्दैन । भौतिक सुखले एकछिन आनन्द दिए पनि एकपछि अर्को इच्छा उत्पन्न हुँदै जाने तृष्णाले तनाव सिर्जना गराउँछ । वास्तविक सुख त मानिसको मनभित्र नै हुन्छ । आफूले आफैँलाई चिन्न सके मात्र हामी वास्तविक सुखको अनुभूति गर्न सक्छौँ । यो विपश्यनावाट मात्र सम्भव भएको लुम्बिनी बौद्ध विश्वविद्यालय विपश्यना कक्षको ठहर छ । 

विपश्यना शरीरभित्र भएको विकार हटाउने तथा सुख र शान्तिले जिउने कला पनि हो । सिद्धार्थ गौतमले करीब दुई हजार छ सय वर्ष पहिला खोज गरेको विपश्यना अहिले सबै धर्म, समुदायकोे साझा भएको छ । प्राणी हिंसा नगर्ने, झूटो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने र मद्यपान नगर्ने भन्ने पञ्चशील पूर्णरुपमा पालना गर्नाले समाधि (साधन) प्राप्त हुन्छ । साधना गर्नाले मानिसमा प्रज्ञा (ज्ञान) प्राप्ति हुन्छ । चार आर्यसत्यको ज्ञान प्राप्त हुन्छः  दुःख छ, दुःखको कारण छ, दुःखको निवारण गर्ने मार्ग छ, दुःख निवारण हुन्छ ।  आर्य आष्टांगिक मार्ग सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक प्रयास, सम्यक स्मृति र  सम्यक समाधि जस्तै दुःख निरोध गर्ने मार्ग पनि विपश्यना भएको लुम्बिनीका बौद्ध भिक्षुहरु बताउनुहुन्छ ।  

विपश्यना आत्मशुद्धिको साधना–विधि हो । यसबाट शारीरिक तथा मानसिक रोगबाट मुक्त हुन सकिन्छ । यो अन्तरदृष्टिले आफँैलाई खोज्ने कला हो । विपश्यना शिविरमा बन्दाबन्दीका समयमा साधन गर्न असम्भव जस्तै भएकाले यसको प्रयोग घरमा गर्न सकिन्छ । विपश्यनाले दिमागलाई स्थिर राख्ने र शरीरका गतिविधि हेर्ने भएकाले अहिले यसको प्रयोग आवश्यक छ । कायानुपस्सना (शरीरका लागि), वेदनानुपस्सना (भावका लागि), चित्तानुपस्सना (चित्तका लागि), धम्मानुपस्सना (धर्म तथा विशेष प्रकारले देख्नका लागि) विपश्यना साधना गरिन्छ । यसको प्रयोग विपश्यना शिविरमा विपश्यना गुरुको मार्गनिर्देशनमा विशेष प्रकारले गरिने भए पनि घरमा हुँदा एकान्त स्थानमा आँखा बन्द गरी पलेटी कसेर बसी  आनापाना (सास लिने र फाल्ने ) विधिले गर्न सकिन्छ । साथै शरीरलाई शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म आफैँ हेर्ने गर्नुपर्छ । यसले मन शान्त पार्छ । 

बौद्ध भिक्षु छेवाङ बन्दाबन्दीमा आत्मा र शरीरलाई नियन्त्रण गर्नका लागि योग र साधना प्रत्येक मानिसले गर्न आवश्यक भएको ठान्नुहुन्छ । चञ्चले मनलाई योग र साधनाले मात्र बाँध्न सक्ने भएकाले घरभित्र शान्त भएर साधना गरे अहिलेको संकट टार्न सहज हुने भिक्षु छेवाङको भनाइ छ । बन्दाबन्दीमा साधना गर्दा सादा खाना खानुपर्ने, शिललाई मान्नु पर्ने, चित्तलाई बाँध्नुपर्ने र विपश्यनाका आधुनिक गुरु सत्यनारायण गोयंकाका प्रवचन सुन्नुपर्ने धम्मजननी विपश्यना केन्द्र लुम्बिनीका प्रमुख राम कोइराला बताउनुहुन्छ ।

सबै मानिस शान्ति र आनन्दको खोजमा दौडिरहेका हुन्छन् । त्यसलाई पाउन बुद्ध वचनको पालन गर्नुपर्छ । मन, वचन र शरीरले गर्ने १० अकुशल कार्य नगरे मानिसमा शान्ति र आनन्द आउने बुद्ध वचनले प्रमाणित गरेको छ ।  मनबाट हुने तीन अकुशल कार्य लोभ, प्रतिहिंसा र  असत्य ज्ञान हुन् ।  वचनबाट हुने अकुशल कार्य झूटो वचन, चुक्ली, कटुवचन र  व्यर्थ वचन हुन् । शरीरबाट हुने अकुशल कार्य हत्या, चोरी, व्यभिचार हुन् । “साधना गर्दा यी काम नगर्ने प्रतिज्ञा गरेमा मानिसमा स्वतः शान्ति र आनन्द प्राप्त हुन्छ”, विपश्यना गुरु कोइराला भन्नुहुन्छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुदूरपश्चिमका नयाँ सङ्क्रमित सबै बैतडीका, एकै पालिकामा पाँच जना संक्रमित
Next Article नुनपानीले कुल्ला गर्दा कोरोना संक्रमण र लक्षणको समय घटाउन सकिने ब्रिटेनका शोधकर्ताको दावी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबिचित्र संसार

जब विमान उडाइरहेका पाइलटलाई पिसाबले च्याप्यो … (हेर्नुहोस् भिडियो)

57 years ago
समाजसुर्खेत - SKT

आर्थिक अभावमा नन्दकलाको उपचार रोकियो, सहयोग गरिदिन आग्रह

57 years ago
उदयपुर - UDPसमाज

बालविवाह, दाईजोप्रथा अन्त्य गर्न सामाजिक र पारिवारिक शिक्षामा जोड

57 years ago
काठमाडौँ - KTMप्रवास

साउदी जेलमा एक नेपालीलाई रिहाईको लागि ८३ लाख ब्लडमनी माग

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?