२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानका प्रधानमन्त्री भियतनाम र इन्डोनेसिया जाने

२०७७, ३० आश्विन शुक्रबार ०७:१७

असोज ३०, टोकियो (रासस/एएनआई)। जापानका नयाँ प्रधानमन्त्री योशिहिडे सुगाको पहिले विदेश भ्रमणका क्रममा भियतनाम जानु हुने भएको छ । उहाँको भ्रमण यही अक्टोबर १८ देखि २१ सम्म हुने मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले शुक्रबार जानकारी दिनुभयो ।  

पहिलो बैदेशिक भ्रमणका क्रममा प्रधानमन्त्री सुगा भियतनाम र इन्डोनेसिया जानुहुने उहाँले बताउनुभयो । निवर्तमान प्रधानमन्त्री सिन्जो आबेले पनि प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बैदेशिक भ्रमण यिनै दुई देशमा गर्नुभएको थियो ।  

जापानमा गत महिना संसदबाट सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । अस्वस्थताको कारण देखाउँदै तत्कालीन प्रधानमन्त्री आबेले राजीनामा दिएपछि उहाँले अहिले नै प्रधानमन्त्री बन्ने मौका पाउनु भएको हो । 

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबेले झण्डै एक बर्ष कार्यकाल बाँकी रहेकै बेला अनपेक्षित रुपमा गत अगस्ट २८ तारिखका दिन राजीनामा दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ