२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी कंगोबाट १३०० कैदी फरार

२०७७, ४ कार्तिक मंगलवार १३:२८

कार्तिक ४, बेनी, कंगो, (रासस–एपी) । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडिएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई भगाएका छन् । 

बेनी शहरका मेयर मोडेस्टे बकवानामाहाले काङबायी कारागारमा भिडन्तका क्रममा एक कैदीको ज्यान गएको जानकारी दिनुभयो । 

उहाँले जेलबाट फरार कुनै शंकास्पद व्यक्ति देखे स्थानीय प्रशासन, प्रहरीमा खबर गर्न नगरबासीलाई अनुरोध गरिएको पनि बताउनुभयो । 

मेयर मोडेस्टेले कारागारबाट भागेका २० जना कैदी भने फर्किएको जानकारी दिनुभयो । स्थानीय प्रशासनको सम्पर्कमा आएका कैदीबन्दीहरुले विद्रोहीसँगको जीवन आफ्ना लागि अझ खतरापूर्ण र दुःखदायी रहेकाले फर्किएको बताएका छन् । 

काङबायी जेल तोडिएको समाचार आएलगत्तै स्थानीयबासीमा त्रास उत्पन्न भएको छ । सरकारी फौज र एडिएफबीच हिंसात्मक झडप हुने र त्यसबाट स्थानीयबासी प्रताडित हुने खतरा रहेको स्थानीयको भनाई छ । 

स्थानीयबासी सदी अमुन्डालाले यो बेनीका स्थानीयका लागि खतरा हो भन्नुभयो । जेल जीवनमा सुधार ल्याउन तथा स्थानीय तहमा सुरक्षा व्यवस्था बढाउन सरकारले विशेष पहल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 

यसअघि तीन वर्ष पहिले पनि काङबायी कारागारमा आक्रमण गरेर १०० भन्दा बढी कैदीबन्दी भगाइएको थियो । त्यसबखत दर्जनौं व्यक्तिको मृत्यु भएको थियो । 

एडीएफ नामले परिचित अलाइड डेमोक्रेटिक फोर्सको जन्म छिमेकी युगान्डाबाट सुरु भएको र यो समूह लामो समयदेखि पूर्वी कंगोका लागि सुरक्षा खतरा बन्दै आएको छ । इस्लामिक स्टेट समूहले कारागारमाथिको हमलाको जिम्मेवारी लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा