कात्तिक १८, काठमाडौं । चिनले नेपालको भूमि मिचिएको भन्ने निराधार हल्ला मात्र भएको बताएको छ | मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले 'चीनले नेपालको भूमि कब्जा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरु हल्ला र आधारहीन भएको' बताएका हुन् ।
वेलायतको प्रसिद्ध पत्रिका दि टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको भन्दै समाचार प्रकाशित गरेपछि चिनले उक्त प्रतिकिया दिएको हो |
चीनले हुम्लामा नेपाली भूभाग मिचेको दाबी गरिएको छ |