कार्तिक १९, काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले चुनाव जितिसकेको दाबि गरेका छन् | बुधबार ह्वाइटहाउसमा प्रतिक्रया दिंदै मत मतगणना रोक्नुपर्ने बताएका हुन् | ट्रम्पले केहि समूहहरुले मानिसहरुको मताधिकार खोस्ने प्रयास भएको बताएका छन् |
उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै भने,‘हामीले चुनाव जितिसकेका छौं, यो एक धोका हो,अमेरिकी जनताप्रतिको ठगी हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ ।’ राष्ट्रपतिको लागि मंगलबार भएको निर्वाचनमा मतगणना भने जारी रहेको छ | जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत राज्यको मतगणना सकिएको छैन |
कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो भएका कारण केही राज्यको अन्तिम मतपरिणाम आउन ढिलाई भएको बताइएको छ |