२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पले भने- धाँधली भयो, मतगणना बन्द गरौं

२०७७, १९ कार्तिक बुधबार ०८:४०

 कात्तिक १९, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबारे प्रश्न उठाएका छन् । उनले दशौं लाख अमेरिकीहरुले आफूलाई भोट गरेको भन्दै केही समूहले उनीहरुको भावनामाथि खेल्न खोजेको आरोप लगाएका हुन् ।  

‘दशौं लाख र दशौं लाखले हामीलाई भोट गरेका छन् ,’ ह्वाइटहाउसका प्रतिक्रिया दिँदै ट्रम्पले भने,‘एउटा अति नै दुःखी व्यक्तिहरुको समूहले ती व्यक्तिहरुलाई आफ्नो अधिकारबाट वन्चित गर्न खोजेको छ ।’ उनले तत्कालै मतगणना बन्द होस् भन्ने आफ्नो चाहना व्यक्त गरेका छन् । 

ट्रम्पले आफ्नो अग्रता रहेका राज्यहरुमा तत्कालै आफूलाई विजयी घोषणा गरिनुपर्ने संकेत गरेका छन्, जबकी ठूलो मात्रामा मतगणना हुनै बाँकी छ । ट्रम्पले अघिल्लो साँझ नै विजय घोषणा गर्ने आफ्नो योजना रहेको पनि सुनाएका छन् । ‘हामी ठूलो खुसीका लागि तयार हुँदै थियौं । हामीले सधै जितिरहेका थियौं र अचानक यो सबै रोकियो,’ उनले भने । ट्रम्पले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाएका छन् । ‘यो अमेरिकी जनताप्रतिको ठगी हो । यो हाम्रो देशका लागि पीडादायी हो, ट्रम्पले भने,‘खुलस्त भन्नुपर्दा हामीले यो निर्वाचन जितेका थियौं ।’

ट्रम्पले यस्तो दाबी गरिरहेपनि धेरै राज्यहरुबाट अन्तिम मतपरिणाम आउन बाँकी नै छ । जर्जिया, मिचिगन, नेभादा, उत्तरी कारोलिना, पेन्सिलभेनिया, विस्कन्सिनलगायत  राज्यको मतगणना सकिनैं बाँकी छ । यसमध्ये धेरैजसो राज्यमा ट्रम्प अगाडि देखिएका छन् ।  यद्यपी, मतान्त निकै साँघुरो भएकाले यी राज्यको पूर्ण नतिजा नआएसम्म कसले जित्न भनेर ठोकुवा गर्न कठिन छ । 

कोरोना भाइरसका कारण यस वर्ष हुलाकमार्फत भोट खसाल्ने मतदाताहरुको संख्या ठूलो देखिएको छ, उनीहरुले निर्वाचन मितिभन्दा केही दिनअघि नै भोट खसालेका थिए । यद्यपी, निर्वाचन सकिएपछि मात्रै उनीहरुको मतगणना हुन्छ । उनीहरुको मतगणना गर्न समय लागेकाले केही राज्यको अन्तिम मतपरिणाम आउन पनि ढिलाई भएको हो । ती मतदाताको प्रभाव निर्वाचनमा ठूलो पर्नसक्ने ठानिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ