कार्तिक २०, एजेन्सी | अमेरिकामाथि कडा कदम चाल्ने चेतावनी चिनले दिएको छ | चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले ताइवानको विषयलाई लिएर उक्त चेतावनी दिएका हुन् | अमेरिकाले ताइवानसँग ६० मिलियन डलरको सैन्य हतियार बेच्ने सम्झौता रद्द गरेन भने चीनले अमेरिकाविरुद्ध कडा कदम चाल्ने प्रवक्ता वांग वेबिनले बताएका छन् |
अमेरिकाले ताइवानलाई ६० मिलियन डलरको सशस्त्र ड्रोन बेच्ने भन्दै सैन्य सम्झौता गरेको थियो | उक्त हतियार प्राप्त पश्चात ताइवानले आफ्नो सैन्य शक्ति र राजनीतिक स्थायित्व कायम गर्न सफल हुने बताएको छ | उक्त सम्झौताप्रति चिनले आपत्ति जनाउंदै आएको छ | चीनले धेरै पटक ताइवान कब्जा गर्ने समेत चेतावनी दिएको छ |
ताइवान गृहयुद्धको क्रममा १९४९ मा चीनबाट विभाजित भएको थियो | ताइवान चीनको एक हिस्सा भएको बताउंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेबिनले भने 'अमेरिकाले ताइवानसँगको सैनिक सम्झौता रद्द गर्नुपर्छ |' आफुहरु कुनैपनि विदेशी शक्तिको हस्तक्षेप नसहने उनको भनाइ छ | अमेरिकाले ताइवानसंगको सैन्य हतियार किन्ने सम्झौता रद्द नगरे अमेरिका र चिनबिचको सम्बन्ध थप बिग्रने समेत उनले बताए |
गत हप्ता मात्र अमेरिकाले ताइवानलाई २ सय ३७ करोड डलर पर्ने हार्पुन मिसाइल बेच्ने सहमति गरेको थियो |