पुस ३, काठमाडौँ । आव २०७६/७७ को मुनाफाबाट हाल सम्म २७ बाणिज्य बैंकहरु मध्ये २० बैंकले लाभांश घोषणा गरेका छन् । बिहीबार मात्रै मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेड र मेगा बैंकले लाभांश घोषणा गरेका हन ।
कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनले घोषण गरेको लाभांश साधारणसभाबाट पारित गराइसकेको छ,भने अन्य बैंकहरुले सभाबाट पारित गराउन बाँकी छ । त्यस्तै आधा दर्जन बैंकहरुले लाभांश घोषणा गर्न अझै बाँकी छ ।
हालसम्म लाभांश घोषणा गरेका २० बैंक मध्ये हिमालयन बैंक र एनआइशी एशिया बैंकले सबैभन्दा धेरै लाभांश घोषण गरेका छन् भने,सेञ्चुरी कमर्शीयल बैंकले सबैभन्दा कम लाभांश घोषणा गरेको छ ।
हिमालयन बैंकले ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । त्यस्तै एनआइशी एशिया बैंकले १ प्रतिशत नगद र १९ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडले ४ प्रतिशत नगद र १२ प्रतिशत बोनस दिने घोषणा गरेको छ भने,मेगा बैंकले ३.५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने घोषणा गरेको छ ।
त्यस्तै सेञ्चुरी कमर्शीयल बैंकले २.२५ नगद र ५.२५ बोनस सहित कुल ७.५ प्रतिशत लाभांश दिने भएको छ । बैंक अफ काठमाडुले ३ प्रतिशत नगद र १३ प्रतिशत बोनस गरि कुल १६ प्रतिशत लाभांश दिने भएको छ ।
ग्लोबल आइएम् बैंकले २ प्रतिशत नगद र १४ प्रतिशत बोनस,कृषि विकास बैंकले ०.७९ प्रतिशत नगद र १५ प्रतिशत बोनस,सिद्दार्थ बैंकले ३ प्रतिशत नगद र १२ प्रतिशत बोनस,कुमारी बैंकले ३.१५ नगद र १०.८५ बोनस लाभांश दिने भएका छन् ।
त्यस्तै ३.६ नगद र १० प्रतिशत बोनस लाभांश सानिमा बैंकले दिने भएको छ,भने स्ट्यान्डर्ड चार्टड बैंकले ४.८४ नगद र ७ प्रतिशत बोनस लाभांश दिने घोषणा गरेको छ ।लक्ष्मी बैंकले २.५ नगद र ९ प्रतिशत बोनस गरि कुल ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै सिटिजन बैंकले ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस,प्रभु बैंकले ०.५३ नगद र १० प्रतिशत बोनस गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको छ । एभरेष्ट,माछापुछ्रे,नेपाल एसबीआइ,नेपाल बंगलादेश,सनराइज र हिमालयन बैंकले क्रमश:५.५३, ३.३७, ३.४७, २.४२, २.४८ र ६ प्रतिशत नगद र ५, ७.०३, ६, ६, ५.८ र १४ प्रतिशत बोनस लाभांश दिने भएका छन् ।