माघ ८, काठमाडौँ । सरकारले कोरोनाका कारण लडाउन अवधि २०७६ चैत देखि २०७७ असारसम्मको विद्युत महसुल, डिमाण्ड शुल्क र विद्युत माग कम हुने समयको खपतमा छुट दिने भनिएको छ । जस अनुसार
उक्त छुट विभिन्न ५८ उद्योगले पाउनेछन् ।औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेख भएका ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने सहमति भएको थियो।
आर्थिक वर्ष २०७७/०७८ को बजेटको बुँदा नं. ५३ मा कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५०प्रतिशत छुट दिने निर्णय भएको हो ।