<p><b>माघ २०, काठमाडौँ ।</b> आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो।<br></p><p>महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदी प्रतितोला ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो । </p>
