४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियामा कोरोनाबिरुद्धको खोप लगाएकालाई डिजिटल भ्याक्सिन प्रमाणपत्र

२५ माघ २०७७, आईतवार ०७:५४

माघ २५, क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।

सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यस प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ । सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिनुभयो । उहाँले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताउनुभयो ।

अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ । 

सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो ।सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ